चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक अर्यालको निधन

चितवन,फागुन १७/ चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन भएको छ। अर्यालको आज मध्यान्न भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

केही समय देखि अस्वस्थ रहनुभएका उहाँको भरतपुर अस्पतालमा राखिएको थियो। उहाँ रक्तचापको बिरामी हुुनुहन्थ्यो । अर्यालको आजै देवघाटमा अन्तिम संस्कार गरिएको छ ।