Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कम हुँदै कोरोना त्रास

    बुटवल/कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ का विभिन्न जिल्लामा कोरोना आतङ्क कम हुँदै गएको छ । सङ्क्रमित निको भएर फर्किनेको सङ्ख्या पनि निरन्तर बढेकाले आतङ्क कम हुँदै गएको हो । बाँके, कपिलवस्तु, गुल्मीलगायत उच्च जोखिमका जिल्लामा निको भएर फर्किने बढेका छन् तर पश्चिम नवलपरासीमा सङ्क्रमण थपिएको छ । घर फर्किए तम्घास समाचारदाताका अनुसार गुल्मीमा…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली सेनाद्धारा गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

    वि वि श्रेष्ठ/चापाघाट–व्यास ५, तनहुँ  व्यास जयन्ती तथा गुरु पुर्णिमाको अवसरमा नेपाली सेनाद्धारा वृक्षारोपण कार्यक्रम गरिएको छ । श्री कालीभन्जन गण (ई) व्यास–५ चापाघाट को सहयोग र वडा कार्यलयको संयोजनमा वृक्षारोपण कार्यक्रम गरिएको वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यास नगरपालिका वडा न. ५ मा रहेको पृथ्वी राजमार्ग अन्र्तगत पर्ने चापाघाट मा वाटो विस्तार…

    Read More
  • मुख्य समाचार

    शान्ती बार्ताको बाधक ओली सरकार : ओलीको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने ।

    सुर्य बराल/२०७७, असार २१/चितवन नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका एक बरिष्ठ नेताले केपि शर्मा ओलीको सरकार रहेसम्म बार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । आज बिहान एक अज्ञात स्थलमा भण्डाफोर अभियानकर्मीसँग कुरा गर्दै ति नेताले भने, ‘ओली सरकारको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने छ ।’ भन्दै नेकपाका अन्य नेताहरु बार्ताको पक्षमा रहेपनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री…

    Read More
  • चितवन र नवलपुर गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    प्रनिश थापा/चितवन/चितवनमा शुक्रबार गरिएको परीक्षणका क्रम्मा थप १३ जनामा कोरोना भाइरस ९कोभिड ( १९० संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेको ९कोभिड १९० प्रयोगशालामा शुक्रबार २२८ जनाको नमुना परीक्षण गरिएकोमा चितवनका ६ जना र नवलपुरका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वर्डा नम्बर ६ मा दुई…

    Read More
  • मुख्य समाचार

    कोरोनाकै कारण बढ्दै बालविवाह

    काठमाडौं/कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९यूएनएफपीए० ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा…

    Read More
  • मुख्य समाचार

    अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी

    काठमाडौँ, असार १८ गते । सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ । राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन छ । विधेयक संशोधन दर्ता भई सदनमा पेस गर्ने तयारी गरिएको छ । अब प्रतिनिधि सभामा दफाबार छलफलको प्रक्रियामा जानेछ…

    Read More
  • अपराध/दुर्घटना

    चितवन अदालतको फैसला : बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय !

    शिशिर सिंखडा, चितवन/बालिका बलात्कार गर्ने एक युवालाई चितवन जिल्ला अदालतले १८ वर्ष कैदको फैसला सुुनाएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं। १३ का २७ वर्षीय अजय कट्टेलले ११ वर्षीय बालिकालाई बलात्कार गरेका थिए । बालिकालाई ट्युसन पढाउने शिक्षक कट्टेलले गत मंसिर १६ गते बलात्कार गरेका थिए । बालिकाकी आमाले छोरीलाई बलात्कार भएको भन्दै…

    Read More
  • मुख्य समाचार

    दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि

    काठमाडौं/दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात्मा जङ्गल वृद्धि हुने, बाटोमा घाँस उम्रने र खोलामा पानी बढी हुने भएकाले फिल्डको काम स्थगित गरिँदै आएको छ । बन्दाबन्दी नभएको भए हालसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर चीनमा…

    Read More
  • मुख्य समाचार

    लक डाउनको बिरुद्ध हजारौं ट्याक्सी व्यवसायी सडकमा

    काठमाडौं/सरकारले लकडाउन केही खुकुलो बनाउँदै निजी प्लेटका सवारीसाधनलाई तीन चार जना राखेर हिँड्न दिए पनि ट्याक्सी चलाएरै बिहान–बेलुकीको जोहो गर्ने ट्याक्सी व्यवसायीलाई भने मानिस राखेर हिँड्न रोक लगाएपछि हजारौं ट्याक्सी व्यवसायी एकैपटक आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले राजधानीका सडकमा एकैपटक तीन सय ट्याक्सी तेस्र्याउँदै भने, ‘रोगभन्दा भोकले मर्ने अवस्था आयो, काम गरेर खान देऊ…

    Read More
  • चितवन सेरोफेरो

    बहुराष्ट्रिय कोककोला कम्पनीमा कार्यरत मजदुरहरु आन्दोलित

    चितवन/भरतपुरको गोन्द्राङमा रहेको बहुराष्ट्रिय कम्पनी (कोककोला) बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन्। त्यँहा कार्यारत ४४ जना मजदुरहरुलाई कम्पनीले कामबाट निकालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । कम्पनी अन्तर्गतको वेयर हाउस विभागमा काम गर्ने उनीहरुलाई ठकेदार कम्पनी पवन ढुवानीले कामबाट हटाएको हो । मजदुरहरुले झण्डै एक दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेकोले ननिकाल्न…

    Read More