चितवन अदालतको फैसला : बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय !

शिशिर सिंखडा, चितवन/बालिका बलात्कार गर्ने एक युवालाई चितवन जिल्ला अदालतले १८ वर्ष कैदको फैसला सुुनाएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं। १३ का २७ वर्षीय अजय कट्टेलले ११ वर्षीय बालिकालाई बलात्कार गरेका थिए ।

बालिकालाई ट्युसन पढाउने शिक्षक कट्टेलले गत मंसिर १६ गते बलात्कार गरेका थिए । बालिकाकी आमाले छोरीलाई बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय टाँडीमा जाहेरी दिनुभएको थियो ।

वहाँको जाहेरीको आधारमा प्रहरीले कट्टेललाई गत मंसिर २७ गते पक्राउ गरी अनुसन्धान थालेको थियो । चितवन जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलको इजलासले बालिका बलात्कार गर्ने कट्टेललाई १८ वर्ष कैदको फैसला सुनाएको अदालतका सूचना अधिकारी तथा श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

हिजो सोमबार भएको जिल्ला अदालतको फैसला अनुसार पिडीतलाई कट्टेलले १ लाख नगद क्षति भराउने र २ हजार ८ सय रुपैया पिडीत राहत कोषमा रकम जम्मा गर्नुपर्ने समेत फैसला भएको अदालतका सूचना अधिकारी रुद्रमणि गिरीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।