शान्ती बार्ताको बाधक ओली सरकार : ओलीको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने ।

सुर्य बराल/२०७७, असार २१/चितवन

नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका एक बरिष्ठ नेताले केपि शर्मा ओलीको सरकार रहेसम्म बार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । आज बिहान एक अज्ञात स्थलमा भण्डाफोर अभियानकर्मीसँग कुरा गर्दै ति नेताले भने, ‘ओली सरकारको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने छ ।’ भन्दै नेकपाका अन्य नेताहरु बार्ताको पक्षमा रहेपनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओली नै बार्ता बिरोधी रहेको’ उनले ठोकुवा गरेका हुन् ।

 उनले भने, ‘प्रधानमन्त्री ओली क्रुर दमन र धरपकडबाटै हामीलाई सिध्याउने रणनितीमा लागीरहेको छन्, जुन ओली सरकारको दिवा सपना मात्र हुनेछ ।’ कोरानाको महामारी र लक डाउनको बेलामा आम जनताले शास्ती भोग्नु परेको यस्तो संकटको घडीमा घरघरमै गई आफ्ना कार्यकर्ताहरु समाउन गृह प्रशासन लागीरहेको भन्दै ति नेताले भने, ‘यदि ओली सरकारले धरपकडलाई बढाईरहेमा कडा प्रतिबाद गर्ने’ चेतावनी दिए ।

ओली सरकार ईतिहासमै भ्रष्ट्र र निरंकुश रहेको भन्दै ति नेताले भने, ‘बाहिर आबरणमा देखिएको ओलीको राष्ट्रवाद ‘महाकाली सन्धी र अरुण तेश्रो’ मा पोखिईसकेको भन्दै ‘ओलीको समृद्धिको नारा जनतालाई बेवकुफ बनाउने अस्त्र मात्र रहेको जिकिर गरे ।’ उनले भने ‘माधव नेपाल, झलनाथ खनाल र बामदेव गौंतम लगाएतका नेकपाका बरिष्ठ नेताहरु बार्ता गर्न चाहेपनि प्रधानमन्त्री ओलीकै कारण बार्ता हुन नसकेको हो ।’

उनले भने ‘अहिलेपनि बिभिन्न माध्यमबाट उहाँहरुसँग संवाद चलिरहेको छ, राजनितीक संवाद र बार्ता मार्फत समस्या हल गर्न उहाँहरु पनि सकारात्मक हुनुहुन्छ तर सरकारको नेतृत्व गरेका ओली दमन गरेरै सिध्याउने खेलमा लागिरहेका छन, त्यसैले ओली नेतृत्वको सरकार रहेसम्म देशमा शान्ती बार्ताको सम्भावना छैन,’ उनले भने ।

स्मरण रहोस:  ओली सरकारले गत बर्षको फागुण २८ गतेदेखि नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । यो बिचमा सर्लाहीका कुमार पौंडेल लगाएत नेकपाका दर्जन जति निहत्थ्या नेता कार्यकर्ता सरकारद्वारा मारिएका छन् । नेकपाका बरिष्ठ नेता हेमन्त प्रकाश ओली, अनिल शर्मा बिरही, उमा भुजेल, माईला लामा लगाएत सयौं प्रहरी हिरासत र कारागारमा रहेका छन् ।
सो पार्टीका महासचिव नेत्र बिक्रम चन्दले पार्टीमाथी लगाईएको प्रतिबन्ध फुकुवा नगरेसम्म बार्ताको कल्पना सम्म गर्न नसकिने यस अघि नै सार्बजनिक गरिसकेका छन् । चन्दले समेत ओली सरकारसँग बार्ताको सम्भावना नरहेको बताँउदै आएका छन् ।