चितवन र नवलपुर गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रनिश थापा/चितवन/चितवनमा शुक्रबार गरिएको परीक्षणका क्रम्मा थप १३ जनामा कोरोना भाइरस ९कोभिड ( १९० संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेको ९कोभिड १९० प्रयोगशालामा शुक्रबार २२८ जनाको नमुना परीक्षण गरिएकोमा चितवनका ६ जना र नवलपुरका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वर्डा नम्बर ६ मा दुई जना, वर्डा नम्बर १६, ३, ८ र २७ मा एक एक जना गरी ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरु सबैलाई हाल भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा राखिएको छ ।

यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने निको भइ डिस्चार्ज हुनेको संख्या २९ रहेको छ । एक जनाको उपचारको क्रम्मा यसअघी नै मृत्यु भइसकेको छ । हालसम्म ४५ जना कोरोना संक्रमित उपचारकै क्रम्मा रहेको भरतपुर अस्पतालले जनाएको छ ।

यस्तै, शुक्रबार नै गरिएको परीक्षणका क्रम्मा पुर्वी नवलपुर देवचुली १६ का तीन जना, १७, १४, ३, ८ का पाँच जना पुरुष र दुई जना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको उमेर २० देखि ४२ बर्षसम्म रहेको प्रयोगशालाका प्रमुख नितु अधिकारीले जानकारी दिइन् । उनीहरु सबैलाइ हाल देवचुली क्वारेन्टाइनमा राखिएको छ ।