नेपाली सेनाद्धारा गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

वि वि श्रेष्ठ/चापाघाट–व्यास ५, तनहुँ 
व्यास जयन्ती तथा गुरु पुर्णिमाको अवसरमा नेपाली सेनाद्धारा वृक्षारोपण कार्यक्रम गरिएको छ । श्री कालीभन्जन गण (ई) व्यास–५ चापाघाट को सहयोग र वडा कार्यलयको संयोजनमा वृक्षारोपण कार्यक्रम गरिएको वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
व्यास नगरपालिका वडा न. ५ मा रहेको पृथ्वी राजमार्ग अन्र्तगत पर्ने चापाघाट मा वाटो विस्तार गर्दा समेत असर नपर्ने गरि वृक्षारोपण गरिएको हो । कालीभन्जन गणको समुदाय प्रति उत्तरदायित्व वहन तथा एक सिपाही एक वृक्षारोपण कार्यक्रम अन्र्तगत वृक्षारोपण गरिएको प्रमुख सेनानी मनोज गुरुङ्गले जानकारी दिनुभयो । ग्लुमोहर, तेजपत्ता, निम, अमला, लप्सी लगायतको विरुवा लगाईएको हो । यो कार्यले भोली सडक लगायतको समुदायको सौन्दर्यतामा विकास हुनेछ । वृक्षारोपणले सन्तुलित हावापानीमा महत्वपुर्ण भुमिका खेल्दछ । ग्लुमोहर विरुवा ठुलो भएपछि फुल्दछ र सुगन्ध पनि दिन्छ, प्रमुख सेनाी गुरुङ्गले भन्नुभयो ।
श्री कालीभन्जन गण (ई) व्यास–५ चापाघाटमा कार्यरत करिव ५० जना सैनिकहरुको सहयोगमा ५५ थान वृक्षारोपण गरिएको वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । समुदायमा सकारात्मक सन्देश को लागी टोल समेतको सहयोगमा र गणको विरुवा लगायत मेनपावर सहयोगमा टोलमा विभिन्न जातको विरुवा लगाएको चापाघाट टोल विकास संस्थाको अध्यक्ष रामकाजी श्रेष्ठले वताए ।