| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अन्सारीको नागरिकतामात्र नक्कली नभएर शैक्षिक प्रमाणपत्रपनि नक्कली भएको खुलासा

    फागुन ८, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ। अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि समितिले विभिन्न सरकारी निकायमा पत्राचार गरी वास्तविकता बुझ्ने निर्णय गरेको छ। मंगलबारको बैठकले अन्सारीका शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गर्ने निर्णय गरेको समिति सभापति…

    Read More
  • पाँच प्रदेश मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल

    कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई…

    Read More
  • संसद् सचिवालयको ‘लुट’ धन्दा : थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे देखिए

    काठमाडौं – संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ। प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका…

    Read More
  • भरतपुर महानगरकी उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की

      फागुन ७, भरतपुर। भरतपर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत धम्की आएको छ । महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की आएको हो । आज मंगलबार बेलुका उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएकी हुन । अनेरास्ववियू क्रान्तिकारी एन पिआई…

    Read More
  • प्रधानमन्त्री ओलीलाई राप्रपाको २२ बुँदे मागपत्र पेश : संघीयतामा जनमत संग्रह गर्नुपर्ने माग

    शंकर निर्देश /भरतपुर / फागुन ७ /राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । देशैभर माग पत्र बुझाउने केन्द्रिय कार्यक्रम अनुसार यता चितवनमा पनि प्रमुख जिल्ला अधिकारीलाई विभिन्न २२ बुँदे माग पत्र बुझाईएको छ ।…

    Read More
  • आज प्रजातन्त्र दिवसः देशभर विविध कार्यक्रम

    चितवन,फागुन ७/ एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन हो । त्यस एतिहासिक दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका…

    Read More
  • सरकारले किन्यो पाँच वर्षमा १३ अर्बको फर्निचर सामान

      काठमाडौं/ हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन विदेशमा धन भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै किन्नुपर्ने…

    Read More
  • सर्वोच्च अदालतको आदेश नमान्ने भन्दै माडीबासीद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक ।

    चितवन , ६ फागुन । सर्वोच्च अदालत बाट आएको फैसला आफूहरुलाइ मान्य नहुने भन्दै चितवन माडीका स्थानीय युवाहरुले चरणबद्ध दवाव मुलक कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलन कार्यक्रम अन्तर्गत अन्तरक्रिया, र्‍याली, प्रदर्शन, ज्ञापनपत्र जस्ता कार्यक्रमहरु तय गरिएका छन् । उनीहरुको सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार आज फागुन ६ गतेदेखि २० गते सम्म भरतपुर चौविसकोठीमा साँझ…

    Read More
  • सामुदायिक विद्यालयका शिक्षक पेशाप्रति जिम्मेवार नरहेको नेता पाण्डेको आरोप

    चितवन, फागुन ६ /पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति जिम्मेवार नभएको आरोप लगाएका छन् । रत्ननगर नगरपालिका–१५ स्थित आधारभूत विद्यालय माधवपुरको स्वर्ण महोत्सवअन्तर्गत स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा बोल्दै नेता पाण्डेले शिक्षकहरु पेशाप्रति जिम्मेवार नभएकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताएका हुन् । ‘सामुदायिक विद्यालयका शिक्षकलाई जागिर…

    Read More
  • देशमा भ्रष्टाचारको संक्रमण फैलियो : पूर्वप्रधानमन्त्री डा. भट्टराई

    गुल्मी, फागुन ६/ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संक्रमण फैलिएको बताएका छन् । गुल्मीको मुसिकोट नगरालिका–७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा भट्टराईले देशलाई गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर, धर्मको डर देखाएर सम्भव नहुने बताए । उनले विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने…

    Read More