सरकारी गाडीको चरम दुरुपयोग : स्वास्थ्य मन्त्रीका सल्लाहकारको मनमौजि


प्रशान्त वली /काठमाडौं /सरकारी नम्वर प्लेटका सवारी साधनहरुको दुरुपयोग हुने क्रम बढेको पाईएको छ । निजी प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग हुने गरेको पाईएको छ । सरकारी तहबाट समेत प्रभाबकारी अनुगमन हुन नसक्दा सरकारी नम्बर प्लेटका गाडीहरुको दुरुपयोग हुदैं आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका स्वास्थ्य सल्लाहकार डा। केके राईले सरकारी गाडीको दुरुपयोग गरेका छन् । उनले बा १ झ ८४७५ नम्बरको सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको देखिएको छ । उनले सो गाडी आफ्नै घर खोटाङ लगेका छन् ।

सरकारले बनाएको सवारीसाधन ९सञ्चालन तथा मर्मत० सम्बन्धी निर्देशिका, २०७२ मा विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले मात्र सवारीसाधनको सुविधा पाउने उल्लेख छ । अर्थ मन्त्रालयले जारी गरेको खर्च निर्देशीकामा मन्त्री, राज्यमन्त्रीले सरकारी सवारी साधन प्रयोग गर्न पाउने उल्लेख छ । तर, निर्देशीका अनुसार मन्त्रीका स्वकीय सचिव, सल्लाहकारहरुले सरकारी सवारी साधनको प्रयोग गर्न पाउँदैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी सवारी साधनको दुरुपयोग गर्न नहुने बताए । उनले भने, ‘मैले यस बारेमा बुुझ्छु । निर्देशीकाको कार्यान्वयन गर्नुपर्छ । ’

तर, स्वास्थ्य मन्त्रिका स्वास्थ्य सल्लाहकार डा। राइले सरकारी सवारी साधनको आफूले दुरुपयोग नगरेको वताए । उनले भने, ‘मैले सरकारी गाडीको दुरुपयोग गरेको छैन । नेपाल सरकारले सल्लाहकार भन्ने पद दिदैंन । विज्ञ सल्लाहकार भनेर दिएको हुन्छ । के हामीले तलब सुबिधा पनि नलिने त रु ’
मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालय अन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन ९गाडी० उपलब्ध गराउन कुनै कानुनी व्यवस्था छैन । राजधानी दैनिकबाट