काठमाण्डौंमा उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाण्डौंबाट रु १८ लाख ९२ हजार नगदसहित २१ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात नगदसहित पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको हो। “ठूलो जुवा खाल सञ्चालन भईरहेको बिशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, प्रहरी नायब उपरीक्षक सिंहले भने।
। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।