Breaking News

मध्यरातमा बिप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज बिरजंग सहित दर्जन बढी गिरफ्तार

दाङ। बर्तमान सत्ताका बिरुद्ध संर्घषरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमाण्ड इन्चार्जसहित दर्जन बढी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको सीमाना नजिक पर्ने दाङको राजपुर–४ मुंग्रेटा खोला क्षेत्रको घरमा बैठक बसिरहेका बेला प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। स्रोतका अनुसार ब्यूरोको बैठकका लागि मुग्रेटा पुगेर राति बास बसेका उनीहरुलाई राति नै प्रहरी पुगेर घेरा हालेर पक्राउ गरेको बुझिएको छ । पक्राउ पर्नेमा नेकपाका महासचिव बिप्लवका सहोदर दाई पार्टीका पश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द वीरजंग सहितका ब्युरो अन्र्तगतका नेता कार्यकर्ताहरु रहेका छन् ।

वीरजङ्गसँगै नेकपाका अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुभास बाठालाई पनि गिरफ्तार गरेको छ ।दुई केन्द्रीय सदस्यसँगै नेकपा निकट युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीलाई पनि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ ।

sahid diwas