Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाण्डौं/आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा…

    Read More
  • मुख्य पृष्ठ

    मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

    काठमाण्डौं/भोलि हुन गइराखेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्पक्षतामा प्रभाव पार्नेगरी कुनै डर त्रास देखाई मतपेटिका नियन्त्रण गर्न खोज्ने, मतदानको अधिकार नभइ मतदान गर्न खोज्ने लगायतका अवाञ्छित काम गर्नेलाई कानुन…

    Read More
  • मुख्य पृष्ठ

    प्रेस चौतारीका अध्यक्ष बस्नेतले अफवाह फैलाएको भन्दै कारवाहीको माग

    काठमाण्डौं/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले स्थापित संचारमाध्यमको लोगो राखेर प्रविधिको दुरुपयोग गरि अफवाह फैलाएको भन्दै कारवाहीको माग गरिएको छ । प्रेस सेन्टरले आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार…

    Read More
  • अपराध/दुर्घटना

    सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

    सोलुखुम्बु/सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार नेचासल्यान गाउँपालिका–४ फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्। मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार पनि देशको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान

    चितवन/चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । मतगणनास्थललाई सुरक्षित बनाउन जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चितवन क्षेत्र नं १ को खैहरनी…

    Read More
  • चितवन सेरोफेरो

    माओवादी केन्द्र चितवनसँग आयोगले स्पष्टीकरण सोध्यो

    चितवन/निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ । माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जन प्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ भनि लेखेको स्टाटसको आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।…

    Read More
  • मुख्य पृष्ठ

    आज मध्यरातिदेखि सीमानाका बन्द

    काठमाण्डौं/आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो । बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावस्यक अवस्था बाहेकमा आवतजावत…

    Read More
  • मुख्य पृष्ठ

    आज राति १२ बजेदेखि ‘शून्य समय’ सुरु हुने

    काठमाण्डौं/मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको ‘शून्य समय’ आज राति १२ बजेदेखि सुरु हुने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताउनु भएको छ । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उहाँले जानकारी दिनुभयो । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् । यसअघि, सो समयलाई ‘मौन अवधि’…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ…

    Read More