सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

सोलुखुम्बु/सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार नेचासल्यान गाउँपालिका–४ फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहले जानकारी दिनुभयो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ ।

सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।