| 
  • तामाङ सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र

    चैत्र ३, भरतपुर । तामाङं सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्विरोध चयन भएका छन । शनिबार भरतपुरमा सम्पन्न समुहको दोश्रो अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा बबिलाल तामाङ, सचिवमा राजेश रुम्बा र कोषाध्यक्षमा नीरा तामाङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश तामाङ, अनुपा तामाङ, सञ्जय…

    Read More
  • चितवनमा करेन्ट लागेर एकको मृत्यु ।

    चितवन ०२ चैत । चितवनमा करेन्ट लागेर शुक्रबार एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ रतनपुरमा करेन्ट लागेर ७ बर्षका हिम तामाङको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा रहेको तारमा छुदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको शवलाई अहिले पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

    Read More
  • भरतपुरको प्रकृती कपास उद्योगमा आगलागी

    चितवन ०२ चैत । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृती कपास उद्योगमा शुक्रबार आगलागि भएको छ । विहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागि भएको हो । आगलागीबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । उद्योगकी संचालिका सम्झना कोइराला काठमाडौं गएकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको…

    Read More
  • लायन्स क्लवको अध्यक्षमा दिपक अधिकारी चयन

    नारायणगढ, चितवन, १ चैत्र । लायन्स क्लव अफ नारायणगढ संगमचोकको १६औं वार्षिक अधिवेशनबाट क्लवको अध्यक्षमा दिपक अधिकारी चयन भएका छन् । क्लवका अध्यक्ष कपिल सागर कर्माचार्यको अध्यक्षतामा भएको अधिवेशनबाट वर्ष २०१८÷१९ को लागि अधिकारी अध्यक्षमा चयन भएका हुन् । क्लवका संस्थापक अध्यक्ष उन्नत श्रेष्ठ, एरिया को–अर्डिनेटर राजेन्द्र गौतम र क्लवका पूर्व अध्यक्षहरुको निर्वाचन मण्डलले सचिवमा…

    Read More
  • चितवनमा प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन ÷ चितवन जिल्लामा पछिल्लो समय प्रहरीको अबैध असुली ह्वातै बढेको छ । जिल्लामा रहेका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन तथा तस्करीमा समेत प्रहरीले लाइन मिलाई छाड्ने गरेको पाइएको हो । जिल्लाका नारायणी नदि , बुढि राप्ती, कयरखोला र लोथर खोलामा ठेकेदारहरुले तोकिएको भन्दा दशौ गुणा ग्राभेल उत्खनन गरि रहेको भएपनि चितवन प्रहरी तमासे र मुकदर्शक…

    Read More
  • फेसबुक मार्फत युवतीलाई ब्ल्याकमेलिङ्ग गर्ने एक अभियुक्त पक्राउ ।

    चितवन  । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक संजालको दुरुपयोग गर्ने एक अभियुक्त लाई मंगलबार पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाई युवतीलाई व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । सापकोटाले विगत…

    Read More
  • कार्यालय समयमै मदिरा सेवन गरि हो हल्ला गर्छन् भरतपुर मालपोत कार्यालयका कर्मचारी

    चितवन, २९ फागुन । जिल्ला मालपोत कार्यालय भरतपुरका नायब सुब्बा ईच्छा प्रसाद अयालले कार्यालय समयमा मदिरा सेवन गरि हो हल्ला गर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयको मुद्दा साखामा कार्यरत उनले बिहानै देखि मदिरा सेबन गरि कार्यालयमा आउने र सेवाग्राहीसंग घुस माग्ने गरेको भन्दै सेवाग्राहीहरुले बिरोधमा उत्रिएको आजको नमस्ते बिहानी साप्ताहिक खबर छ ।…

    Read More
  • भोली बुधबार राउण्ड टेबलको रक्तदान कार्यक्रम हुँदैं।

    चितवन २९ फागुण/सामाजिक कार्यमा क्रियाशिल सस्ँथा राउण्ड टेबल १४ नारायणगढले भोली बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ईन्टरनेशनल राउण्ड टेबलको स्थाँपना दिवसको अवसर पारेर सस्ँथाले रक्तदान कार्यक्रम गर्न लागेको हो । प्रत्येक बर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रम राख्दै आएको टेबलले यस बर्ष पनि रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउन लागेको राउण्ड टेबल नारायणगढका…

    Read More
  • विमान दुर्घटनामा देशले गुमाएका प्रतिभाशाली न्युरो सर्जन, जो कहिल्यै दोस्रो भएनन्

      भरतपुर क्यान्सर अस्पतालमा कार्यरत रहँदा डाक्टर बालकृष्ण थापाले अस्पतालको गरिमा चुलीमा पुर्‍याए। त्यसैले २०६२ सालमा भरतपुर छाड्न लाग्दा उनको सरुवा बदर गर्न चितवन र रुपन्देहीका झन्डै १४ सय स्थानीयले हस्ताक्षर अभियान नै चलाए। न्युरो सर्जरीमा अब्बल मानिने यिनै होनहार चिकित्सकलाई देशले गुमाएको छ। सोमबार बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस(बाङ्ला एयरलाइन्सको विमान दिउँसो २ बजेर…

    Read More
  • रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री

    चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री हुने गरेको पाइएको छ । रत्ननगर वडा नं। ९ र वडा नं।१३ मा सुकुमबासीले नै सार्वजनिक जग्गा बिक्री गरेको पाइएको हो । अन्य जिल्लाबाट आएका सुकुमबासीहरुलाई रत्ननगरका सुकुमबासीहरुले ओगटेर राखेको जग्गा खरिद बिक्री हुने गरेको छ । रत्ननगरमा ऐलानी जग्गा किनेर धमाधम नयाँ…

    Read More