अखिल क्रान्तिकारी जिल्ला सचिव लामा प्रहरी नियन्त्रणमा ।

चितवन , १२ असार । बिप्लव नेतृत्वको अखिल ९क्रान्तिकारी० का अर्का विद्यार्थी नेतालाई समेत प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका चितवन जिल्ला सचिव प्रविन लामालाई सोमबार बेलुकी ८ बजे भरतपुरस्थित पिपलचोकबाट प्रहरीले पक्राउ गरेको बताइएको छ । होस्टेल फर्केको अवस्थामा लामालाई प्रहरी गिरफ्तार गरेको स्थानीय प्रकाश चन्दले जानकारी दिएका छन् । लामा चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी समेत हुन् ।