विद्यार्थीलाई ट्राफिक शिक्षा दिने कार्यक्रमले निरन्तर पाउदै

चितवन  । जिल्ला ट्राफिक कार्यालय भरतपुरले विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिने कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । ट्राफिक प्रहरी कार्यालय भरतपुरले नारायणगढ र भरतपुरका विभिन्न कलेज तथा स्कुलमा गएर ट्राफिक शिक्षा प्रदान गरेको छ । नारायणगढको एपेक्स कलेज, भरतपुरको प्रेसिडेन्सी कलेज, हाकिमचोकको अर्किड कलेज र शरदपुरको स्टेप बाई स्टेप बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिइएको प्रहरी प्रमुख वेदप्रसाद गौतमले सो अवसरमा कलेज तथा स्कुलमा ट्राफिक चिन्ह अंकित बोर्ड राखिएको थियो । प्रहरी निरीक्षक गौतमले ट्राफिक नियमका बारेमा विद्यालय र कलेजस्तरमै शिक्षा दिन आवश्यक भएको बताउदै जिल्लाका सबै विद्यालय र कलेजहरुमा यो अभियान लाई पुर्‍याइने जानकारी समेत दिए ।