चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ८५ सवारी कार्वाहीमा

चितवन , ८ असार । चितवनको नारायणगढ–मुग्लिङ्ग सडकखण्डमा पछिल्लो समय ट्राफिक प्रहरीको चेकजाँचमा कडाई हुन थालेको छ । सवारी दुर्घटना र क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सुरुवात गरिएको चेकजाँचमा जिल्ला ट्राफिकले कडाई गर्न थालिएको ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउनुहुन्छ । गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो एक साताभित्र सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ८५ सवारीलाई कारवाही गरिएको छ भने , स्वीकृती नलिई सिट थप गरेका ५५ वटा सवारीलाई समेत कारवाही गरी थप गरिएका सिट र मुडाहरु समेत जफत गरिएको उहाँको भनाई छ । त्यस्तै , एक साताको अवधिमा तीव्र गतिमा सवारी चलाउने १० वटा सवारीसाधन समेत कारवाहीमा परेका छन् । जस्मा सबै बढी बोलेरो, निजी कार र माईक्रो समेत रहेको ट्राफिक प्रमुख गौतमद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । ट्रासिफक प्रहरीले दैनिक रुपमा राडर गन र ब्रेथलाईजरको प्रयोग गरी चेकजाँचलाई समेत तीव्र पारिरहेको बताएको छ ।