विभिन्न घट्नामा संलग्न रहेको आरोपमा ६ जना चितवन प्रहरीको नियन्त्रणमा ।

चितवन , ६ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घट्नामा संलग्न रहेको आरोपमा आधादर्जन भन्दा बढीलाई भरतपुरको विभिन्न क्षेत्रहरूबाट नियन्त्रणमा लिएको छ । प्रहरीले समाजमा बिकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई नियन्त्रणमा लिइ कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई समेत पक्राउ गरेको जनाएको हो ।

लागू औषध सहित पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ तेह्रसाल चोकबस्ने बर्ष ३३ को मनिश गुरुङ्ग रहेका छन् । प्रहरीले उनको साथबाट डाइजेपाम ३० एम्पुल , ब्युपिनफिर्न ३० एम्पुल र फेनारगन ३० एम्पुलसहित मंगलबार दिउँसो ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई लागूऔषध ९नियन्त्रण ऐन ० २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुशील सिंह राठौरले बताउनुभयो ।

साथै , समाजलाई सुन्दर एवं शान्त बनाउने उद्देश्यले ९ घ क् यउभचबतष्यल ० बाट खटिएको प्रहरीको विशेष टोलीले मोबाईल पसल सञ्चालनमा ल्याई समाजलाई बिकृती बनाउने उद्देश्यका साथ अश्लील भिडियो हाली समाजलाई तंरगीत पार्ने दुई जना लाई समेत पक्राउ गरेको राठौर बताउनुहुन्छ । यस्तै , सोही टोलीबाट खटिएको प्रहरीको बिशेष टोलीले केटी मिलाइदिने र उक्त केटी सित बस्ने भए एक रातको दस हजार रुपैयाँ पर्छ भन्दै रकम असुल्ने बर्ष ३७ को एक महिलासहित दुई पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार यसरी पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को राजकुमार चौधरी र सोही ठाउँमा बस्ने बर्ष १९ को डेविट सिलवाल रहेका छन् ।

चितवनमा एसपी राठौरले कार्यभार सम्हालेपछी जिल्ला भएको चर्चित अप्रेसन र यस्ले पाएको सफलताको यो सातौं पटक हो । उनले जिल्लामा आएदेखी नै बिकृती र बिसंगतीलाई जरैबाट फाल्नुपर्छ भनी सोचका साथ अघि बढेको भन्दै उनको कदम प्रति जिल्लाबासी खुशी छन् ।