मुग्लिङ्ग सडकखण्ड एघार घण्टा पछि सुचारू ।


चितवन , १२ असार । नारायणगढ ( मुग्लिन सडकखण्ड झन्डै ११ घण्टापछि सुचारू भएको छ । मंगलबार बिहान ५ बजे चारकिलोस्थित तोर्पेखोलामा खसेको पहिरोका कारण अबरुद्ध सो सडकखण्ड आज अपरान्ह तीन बजेर बीस मिनेटबाट दुुईतर्फी नै सवारी संचालनमा आएको हो । काठमाडौं जोड्ने मुख्य यो सडकखण्डमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्ने गदर्छन् । तर, उनीहरुको यात्रा सहज भने हुँदैन । यात्रुसँगै यो खण्डमा गाडी चलाउने चालकहरु पनि बाटोकै कारण हैरान छन् । सामान्य वर्षा हुँदा पहिरो जाने भएपछि यात्रा खतरापूर्ण बन्दै गएको छ । बाटो विस्तारका क्रममा काटिएको पहाड र भित्तोबाट पहिरो खस्दा यो खण्डमा यात्रा जोखिमयुक्त बन्दै गएको हो । अध्ययन प्रतिवेदनले यो खण्डलाई जोखिमयुक्त क्षेत्रको सूचीमा पनि राखेको थियो । पहिरो र बाटो विस्तारका कारण हरेक दिन यो खण्डमा लामो जाम हुने गरेको छ । सोमबार पनि यो खण्डमा पहिरो जाँदा घण्टौसम्म जाम भएको थियो । यता , जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ओभरटेक नगरी आफ्नो लेनमा गाडी चलाउन अनुरोध गरेको छ ।