Breaking News
 | Posts created by Surya Baral
  • अबदेखि मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय

      काठमाडौँ – मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मन्त्रीहरुले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकारले यस्तो निर्णय गरेको हो…

    Read More
  • न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै सुनकाण्डका दोषि चोख्याउने उच्चअदालतका नौ न्यायाधीश कारबाहीमा

    काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् । ३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की,…

    Read More
  • सरकार भ्रष्टाचार नियन्त्रण कुरा गर्छ, बेरुजु भने साढे ५३ अर्ब ।

      काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ।  सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ…

    Read More
  • सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

      काठमाडौं – सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश ईश्वरप्रसाद…

    Read More
  • मुख्यमन्त्रीले सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग आक्रोशित ।

    काठमाडौं – संघीय सरकारले प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै…

    Read More
  • महोत्सवको नवौँ दिन करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरे

    चितवन/समापनको मिति नजिकिदै गर्दा चितवन महोत्सव अवलोकनका लागि दर्शकहरुको आकर्षण झनै बढ्दै गएको छ । चितवन महोत्सवको नवौँ दिन बिहीबार मात्रै करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबारसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका उल्लेख गर्दै प्रधानले महोत्सवमा दर्शकहरुको सोचेको भन्दा राम्रो उपस्थिति भएको बताए…

    Read More
  • न्यानो सुईटर तथा स्टेशनरी वितरण

    हंस बहुउदेश्यीय सहकारी संस्था लि. ले संस्थाको सामाजिक कार्य अन्तरगत विपन्न बालबालिकाहरुको लागि शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने उदेश्यले हिजो स्विटर तथा स्टेशनरी बितरण गरेको छ । सँस्थाले भरतपुर महानगरपालिका १५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ९एद्दऋद्द०, मा रहेका अनाथ वालवालिकाहरुलाई न्यानो सूईटर, स्टेशनरी एवं विस्कुट वितरण कार्यक्रम सम्पन्न गरेका हो ।…

    Read More
  • चितवन महोत्सवमा साहित्यिक गोष्ठी सम्पन्न

    चितवन महोत्सव अन्तर्गत बुधबार साहित्यिक गोष्ठी सम्पन्न भएको छ । नव सिर्जना हाम्रो परिकल्पना भन्ने नारासहित साहित्यिक गोष्ठी आयोजना गरिएको हो । नारायणढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको अवसरमा आयोजना गरिएको साहित्यिक गोष्ठीमा ८० जना स्रष्टाहरुले रचनावाचन गरेका थिए । साहित्यिक गोष्ठीका क्रममा कविता, गजल, गीत, मुक्तक, हाइकुलगायतका साहित्यिक रचनाहरु वाचन भएका…

    Read More
  • महिलाहरु समयानुकल बजार अध्ययन गर्न पछि परे : सहायक डिन डाक्टर त्रिपाठी

    १२ औं चितवन महोत्सव अन्तर्गत बुधबार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा महिला उद्यमी भेला तथा अन्तरक्रिया गरिएको छ । भेलामा करिव डेढ सय महिला उद्यमीहरु सहभागि भए । कार्यक्रममा सांसद गीता वाग्लेले अबको समय आर्थिक क्रान्तिको भएको उल्लेख गरीन् । घर परिवार सम्हाल्दै उद्यममा संलग्न महिलाहरुको लागि आफ्नो साथ र सहयोग रहने उनले बताइन् ।…

    Read More
  • आठौँ दिनसम्म चितवन महोत्सवमा चार लाख दर्शकले गरे अवलोकन

      महोत्सव सुरु भएको आठौँ दिनसम्म आइपुग्दा चितवन महोत्सवको चार लाख दर्शकले अवलोकन गरेका छन् । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको बुधबार मात्रै ५५ हजार भन्दा बढीले अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले बताए । आज सोचेको भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका प्रधानको भनाइ छ । पुष २५ देखि सुरु…

    Read More