न्यानो सुईटर तथा स्टेशनरी वितरण


हंस बहुउदेश्यीय सहकारी संस्था लि. ले संस्थाको सामाजिक कार्य अन्तरगत विपन्न बालबालिकाहरुको लागि शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने उदेश्यले हिजो स्विटर तथा स्टेशनरी बितरण गरेको छ । सँस्थाले भरतपुर महानगरपालिका १५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ९एद्दऋद्द०, मा रहेका अनाथ वालवालिकाहरुलाई न्यानो सूईटर, स्टेशनरी एवं विस्कुट वितरण कार्यक्रम सम्पन्न गरेका हो । पिटुसिटु संस्थाका उपाध्यक्ष जिल्ला प्रहरी कार्यालयका प्रमुख शुसिल सिं राठोरको अध्यक्षता एवं हंस बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरु लगाएत प्रतिष्ठित सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हंस बहुउदेश्यीय सहकारी संस्थाले पिटुसिटुमा रहेका विद्यार्थीहरुका लागि २५ थान सुईटर, स्टेशनरी तथा विस्कुट वितरण गरेको थियो ।