| Posts created by Surya Baral
  • मुख्य पृष्ठ

    कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

    जनकपुरधाम/६२८औँ कवीर प्रकट अर्थात सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् । दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताउनुभयो । मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा…

    Read More
  • विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

    स्याङ्जा/यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती सुरु गरेका हुन् । दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव सँगालेका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किएका हुन् । स्वदेश…

    Read More
  • आमाका नामबाट मात्र पनि नागरिकता दिइने विधेयक संसदीय समितिबाट पारित

    काठमाडौँ/आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने गरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको छ । नागरिकताका सम्बन्धमा अदालतबाट जारी भएका आदेशसहितका विषय सम्बोधन गर्न ल्याइएको विधेयकमा आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गरिने व्यवस्था राखेर पारित भएको हो । समिति बैठकले मंगलबार नेपाल नागरिकता ऐन २०६३ लाई…

    Read More
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आजको…

    Read More
  • मुख्य पृष्ठ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    तनहुँ/उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    काठमाडौं/हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

    Read More
  • नेपाल लाओसको हातबाट स्तब्ध

    काठमाडौँ/नेपालले एसियाकप छनोट तेस्रो चरणमा मंगलबार लाओसको हातबाट २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । राजधानी भिएनटानको लाओ स्टेडियममा भएको खेलमा पाहुना टिम नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको यो नै पहिलो पटक हो । लाओसको जितमा दमोथ थोङखामसभाटले १३ औं मिनेटमा गोलको खाता खोले । खेलको ४९ औं मिनेटमा…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

    काठमाडौँ/काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ । कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका…

    Read More
  • मुख्य पृष्ठ

    समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ । आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको…

    Read More
  • मुख्य पृष्ठ

    राससको तस्बिर प्रदर्शनीबाट नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

    काठमाडौँ/नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राससको तस्बिर प्रदर्शनीले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्ने बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपछि अध्यक्ष डा भट्टराईले संसारकै उच्च हिमशृङ्खला र साहसिक गन्तव्यको संयोजनले नेपालको गन्तव्य प्रवद्र्धनमा…

    Read More