Breaking News

सांसद आकृतिको प्रश्नः विद्यालय पोसाकमै प्रदर्शनमा उत्रिएका युवामाथि गोली प्रहार गर्ने आदेश कुन राष्ट्रको कानुनले दिन्छ ?

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन् ।

आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन् ।

‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध प्रदसनमा रहेका भईबहिनीहरु माथि टाउकोमा ताकी ताकी गोली हान्नी हत्या गर्ने गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ,’ भन्दै उनले प्रश्न गरेकी छन् ।

उनले नेपालको संविधान र विगतका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलन राज्यव्यवस्था परिवर्तनका लागि जनताद्वारा प्रेरित भएको उल्लेख गरिन् ।

हालको जेनजी आन्दोलनलाई विदेशी प्रभाव वा बाह्य चलखेलसँग जोड्ने प्रयासप्रति उनले आपत्ति जनाउँदै त्यसको सत्यता स्पष्ट गर्न सरकारसँग माग गरिन् ।

‘नेपालको संविधान नेपालको विभिन्न काल खण्डमा जनताद्वारा भएका स्वतस्मृत जनआन्दोलनहरु राज्यव्यवस्था परिर्वन प्रोरीत थिए तर कुशासन र भ्रष्टाचार विरुद्ध भएको जेनजी आन्दोलन कसर एआइएलको रिदम र विदेशीको चलखेलले हुन सन्छ,’ उनले भनिन् । उनले यो घटनाको प्रश्न मात्र नभई राज्यको जिम्मेवारी भएको बताइन् । न्यूज बैंक