Breaking News

घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

काठमाडौं/सरकारले कार्यालयको काम घरबाटै गर्न आह्वान गरेको छ । इन्धन संकट गहिरिएको भन्दै सरकाले कार्यालयको काम घरबाटै गर्न आग्रह गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री प्रतिभा रावलले कार्यालयको काम घरबाटै गर्न सरकारको आग्रह रहेको उनले बताइन् ।

पश्चिम एसियामा युद्धका कारण इन्धन संकट गहिरिएको कुरा सरकारले लुकाउँदैन । संभव हुँदासम्म कार्यालयका काम घरबाटै गर्न सरकार सबैलाई आग्रह गर्दछ । इन्धन संकटका कारण सरकारले दुई दिन बिदा दिएको छ भने उच्चपदस्थको इन्धन सुविधा कटौती गरेको छ । इन्धनको खपत कम गराउन सबैको सहयोग आवश्यक छ, उनले भनिन् ।

आवश्यक परे जोर बिजोर प्रणाली लागू गरिने उनले बताइन् । सरकार विद्युतीय सवारी साधन प्रवर्द्धनमा केन्द्रित रहेको उनले बताइन् । न्युज एजेन्सी नेपाल