Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

    काठमाडौँ/नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज वक्तव्य जारी गर्दै त्यस्ता हातहतियार एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो । हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको…

    Read More
  • सरकारले जनताकोमाग पूरा गर्नुपर्छ,जेनजी पुस्तालाई धन्यवाद दुर्गा प्रसाईं:

    काठमाडौँ/मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी पुस्ताप्रति धन्यवाद व्यक्त गर्दै अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्। २०७९ साल फागुन १ गते मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु गरिएको आफ्नो अभियान आंशिक रूपमा सफलताको उचाइमा पुगेको उल्लेख गर्दै उनले शोक र वियोगका बीचमा पनि सपनाले यथार्थको रूप लिन थालेको बताएका छन्।…

    Read More
  • मुख्य पृष्ठ

    दुई दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो, अब दुई वर्षमा जुरुक्क उठ्छः तोषिमा कार्की

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले जेनजीको आन्दोलनपछि मुलुक नयाँ मोडमा प्रवेश गरेको बताएकी छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नयाँ पुस्ताको योगदानलाई ऐतिहासिक बताएकी छन् । ‘कृपया यो विनाश, यो क्षतिको दोष नयाँ पुस्तालाई नलगाउनुस् । उनीहरूको अदम्य साहसबाट नै आज देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको छ । इतिहासले सधैं…

    Read More
  • त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    काठमाडौँ/विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने…

    Read More
  • अन्तर्राष्ट्रिय

    महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

    काठमाडौँ/संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गर्नुभएको हो । महासचिव गुटेरेसले सोे विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न…

    Read More
  • नेपालमा कर्फ्यू !

    काठमाडौं/नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पु¥याउन पुनः अनुरोध…

    Read More
  • जेनजीको प्रदर्शनका क्रममा आक्रमण हुँदा महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु

    काठमाडौं/जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका निजी क्षेत्रको जेन-जीको पक्षमा

    चितवन/चितवनका निजी क्षेत्रले जेन-जीको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् । चितवन उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ र राप्ती उद्योग वाणिज्य संघले आज(मंगलबार) सयुक्त विज्ञप्ती जारीगरी आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका हुन् । नेपाल सरकारद्धारा हालसालै सामाजिक सञ्जाल र विभिन्न संचार प्लेटफर्महरू निषेध गरिएको विषय साथै भ्रष्टाचार नियन्त्रण र…

    Read More
  • राष्ट्रिय

    सर्वोच्च अदालतको मुद्दा सुनुवाइ अनिश्चितकालका बन्द

    काठमाडौं/सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । सर्वोच्च अदालतले आगजनीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरेको हो । जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा घेरा तोडेर चितवनमा ७ सय बढि कैदीहरु निस्किए

    चितवन/भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई बाहिर निस्किएका छन्। उनीहरु पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्। बुधबार विहान कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए। भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी थिए।

    Read More