| 
  • राष्ट्रिय

    एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि

    झापा/मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन् । विद्यावारिधि गर्नेमा डा टीका भण्डारी, डा हरिप्रसाद कट्टेल, डा जीवनमणि पौडेल, डा केदारमणि नेपाल र डा डिल्लीराम भण्डारी हुनुहुन्छ । पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गर्नुभएको थियो । उहाँहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ । सङ्गीतकार, गायक…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना

    काठमाडौँ/हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु|कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका…

    Read More
  • मुख्य पृष्ठ

    पाल्पामा चुनावी चहलपहल

    तानसेन,(पाल्पा)/आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले युवा पुस्ता त्यसका निम्ति उपयुक्त भएका बताउँदै राजनीतिक दलहरूले पनि युवालाई…

    Read More
  • मुख्य पृष्ठ

    भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री

    पाटन,(ललितपुर)/सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले सञ्चारकर्मीहरु हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारका पनि उनीहरुको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । पत्रकारले देश, समाज र राजनीतिका बारेमा सबै कुरा बुझेकाले राज्य सञ्चालन गर्न…

    Read More
  • मुख्य पृष्ठ

    निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

    काठमाडौं/नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टीमा छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ,’ पार्टी…

    Read More
  • मुख्य पृष्ठ

    शिक्षकलाई स्थानीय भत्ता वितरण

    भोजपुर/रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।दुर्गम तथा भौगोलिक रूपमा कठिन मानिने ‘ग’ वर्गमा पर्ने यस गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई सेवा सुविधामा थप सहजीकरण गर्दै स्थानीय भत्ता वितरण सुरु गरेको हो । गाउँपालिकाका अनुसार सङ्घीय सरकारद्वारा जारी गरिएको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुरूप स्थानीय भत्ता वितरण गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय…

    Read More
  • अपराध/दुर्घटना

    बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

    बाजुरा/बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उहाँ आफ्नै घरको छतबाट खस्नुभएको हो । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उहाँलाई मृत्यु घोषणा गरेका…

    Read More
  • मुख्य पृष्ठ

    आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

    काठमाडौँ/आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको…

    Read More
  • खेलकुद

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    कीर्तिपुर,(काठमाडौँ)/क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ । राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो । विल्लोले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । कार्यक्रममा…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन

    दमौली,(तनहुँ)/फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन । निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा आजसम्म एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले…

    Read More