Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    प्रहरी र विप्लव नेकपाका कार्यकर्ताको भोजपुरमा दोहोरो भिडन्त, दुई जनाको मृत्यु

    सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीको दोहोरो गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका एक कार्यकर्ता र एक प्रहरी जवान रहेका छन् । बुधबार बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा बिप्लवका कार्यकर्ता खोज्दै हिडेका प्रहरी र बिप्लव कार्यकर्ता बिच दोहोरो भिडन्त भएको स्थानियले बताएका छन् ।…

    Read More
  • मुख्य समाचार

    विषादी परीक्षण रोक्न भारतीय दूतावासको ‘दबाब’ पत्र आउनु सामान्यः सरकार

    सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक भएकोले त्यसलाई अन्यथा लिन नहुने बताए । ‘सीमा जोडिएका दुई मुलुकबीच आआफ्नो इन्ट्रेस्टका विषय हुन्छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र यस्तो थियो

    काठमाडौं– विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई काटेको पत्र के थियो भन्ने धेरैलाई लाग्न सक्छ । लैनचौरस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा मन्त्रालयलाई पत्र काटेको हामीलाई प्राप्त भएको छ। दूतावासले लेखेको सो पत्रमा भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारीमा रोक लगाएको नभइ विषादी परीक्षणमा मात्रै कडाइ गरिएको भनिएता…

    Read More
  • आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

    पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ । पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न थालेको नेताहरु बताउँछन् । कुन–कुन निर्णय परे विवादमाः विषादी परीक्षण, आइफा अवार्ड, गुठी विद्येयक, पेट्रोलियम मूल्यवृद्धि, कर्मचारीको प्रोत्साहन भत्ता खुला,…

    Read More
  • मुख्य समाचार

    एकाबिहानै ‘छौंडा’ छुटेपछि…

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग भारतबाट आयातीत फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने निर्णयप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्रीका प्रमुख सहयोगीका…

    Read More
  • अपराध/दुर्घटना

    लुटन सके लुट कान्छा : मुख्यमन्त्रीहरू आफूखुसी विदेश भ्रमणमा

    प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन् । कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन् । उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३…

    Read More
  • अपराध/दुर्घटना

    सिंहदरबारभित्रै एनजिओ, संसद सचिवालयको भवनमै कार्यालय

    जननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था ९एनजिओ० चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ । पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा…

    Read More
  • प्रवास

    इन्डो–प्यासिफिक रणनीतिमा पुनरावृत्त सुगौली सन्धि !

    यतिबेला इन्डो–प्यासिफिक रणनीति र यसको असरका बारेमा नेपाली राजनीतिको चर्चाको शिखरमा छ । यसबारे भएका अनेकौँ टिकाटिप्पणीले सबैको ध्यान केन्द्रित गरेको छ । संविधानको कार्यान्वयन प्रक्रियासँगै वाम गठबन्धनको तर्फबाट बहुमत प्राप्त लाल पुँजीपतिवर्गको सरकारले सत्ता सञ्चालन गरेको डेढ वर्षको अवधिमा अनेकौँ जनघात, राष्ट्रघात, भ्रष्टचार र तस्करीले सीमा नाघेको छ । जनताको सुशासन अनुभूति गर्ने अपेक्षालाई…

    Read More
  • अपराध/दुर्घटना

    अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचारः श्रीमतीको नाममा डेढ करोड अकुत सम्पत्ति

    अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधि नै विकासका ‘बाधक’

    दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो । निर्वाचनपछि विकास निर्माण कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेका प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासमा घात भएको महसुस गर्न थालेका छन् । धनुषाको हंसपुर नगरपालिकामा विकासका लागि विनियोजित करिब एक करोड रुपैयाँ जनप्रतिनिधिकै स्वार्थका कारण फिर्ता हुने अवस्था आएको छ ।…

    Read More