Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    विप्लवको भूमिगत सञ्जाल यस्तो, ४ कमाण्ड १२ व्यूरो

    श्रावण ५, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ। २८ फागुनमा सरकारले…

    Read More
  • मुख्य समाचार

    विप्लव नेकपाका लोकप्रिय नेता माइला लामा मध्यरातमा पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली एंव लोकप्रिय नेता माइला लामा र रेशम तामांग मध्यरातमा पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरुलाई भक्तपुरको कांडाघारीबाट प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ । लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा…

    Read More
  • अपराध/दुर्घटना

    किन हुन्छ ठूला आयोजनामा सधैँ अवरोध ?

    सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा बढी छ । सरकारी नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर यहाँ भने ठूला आयोजनाले पटकौं पटकको अवरोध खैप्दै आएका छन् । असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५० प्रतिशत पनि पुगेन…

    Read More
  • अपराध/दुर्घटना

    सरकारले प्रतिबन्धित नेकपा विप्लवसँग वार्ता नगर्ने

    श्रावण ३, काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आउने विश्वासिलो आधार नभई सरकारले प्रतिबन्धित नेकपासँग वार्ता नगर्ने स्पष्ट पारेको छ। वार्ताका नाममा विगतमा विद्रोही शक्तिले शक्ति सञ्चय गरेको प्रसंग उल्लेख गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वार्ताका लागि शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने सर्त राखेका छन्। ‘शक्ति सञ्चय गर्नका लागि वार्ताको हल्ला गरेर हुँदैन। हामीले…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

    राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर…

    Read More
  • मुख्य समाचार

    विप्लव-सरकारबीचको वार्ता : हल्ला र यथार्थ

    २ श्रावण २०७६, बिहीबार/सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव…

    Read More
  • अपराध/दुर्घटना

    उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

    जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ । जनप्रतिनिधिले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसीमको गुनासो बढ्न थालेको हो ।…

    Read More
  • मुख्य समाचार

    विप्लवसँग वार्ता गर्न तीन सम्पर्क सुत्र

    सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन् ।  स्रोतका अनुुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव…

    Read More
  • मुख्य समाचार

    आफूखुसी योजनामा बजेट खर्चिन कर्णालीका सांसदलाई १० करोड

    आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । बजेट निर्माणकै चरणमा सांसदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो ।…

    Read More
  • मुख्य समाचार

    हिलोमाथि रातो कार्पेटको जात्रा : दुईतिहाईको ओली सरकारको समृद्धि यात्रा

    त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे । त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी कार्यक्रममा गरी ७० हजार ७७ जनशक्ति उत्पादन भएका…

    Read More