Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन–१ मा एमालेको अग्रता, रास्वपा तेस्रो

    काठमाडौं/चितवन क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ ।एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् ।रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।

    Read More
  • चितवन-२ मा कांग्रेस उम्मेदवारलाई प्रश्न : कस्तो परिणाम आउला ?

    काठमाडौं:चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना खरेलले निर्भिक भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेकी छिन् उनले विभिन्न मतदान केन्द्रहरूको भ्रमण गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूहरू हार्दिकता देखाएर निर्वाचनमा होमिएको बताइन् । ‘अहिलेसम्म मैले भ्रमण गरिरहेका क्षेत्रहरूमा हेर्दा निर्वाचन स्वच्छ रुपमा सञ्चालन छ । मतदाताले निर्भिक भएर मतदान गरिरहनुभएको छ ।…

    Read More
  • प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

    काठमाडौँ/छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ः०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान…

    Read More
  • बालेनले प्रधानमन्त्री कार्कीलाई ‘आमा’ सम्बोधन गर्दै दिए धन्यवाद

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् । निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् ।बालेनले सुशीलालाई ‘आमा’ सम्वोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

    Read More
  • चितवनमा अहिलेसम्म ५ प्रतिशत मत खस्यो

    चितवन/प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवनमा ५ प्रतिशतले मतदान गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहान साढे ९ बजेसम्म चितवनमा पाँच प्रतिशत मतदान भएको हो । यहाँ बिहान ७ बजेदेखि शान्तिपुर्ण मतदान भइरहेको छ । जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६…

    Read More
  • कांग्रेस सभापती थापाले गरे मतदान

    काठमाडौं/नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

    Read More
  • देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

    चितवन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको…

    Read More
  • मुख्य पृष्ठ

    मतदानअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक

    प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ । बैठक दिँउसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्न लागेको हो ।प्रधानमन्त्री कार्कीले बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई पनि बोलाउनुभएको छ । कार्की अध्यक्ष रहेको परिषदमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, मुख्यसचिव, रक्षा सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । प्रधानमन्त्री कार्कीले…

    Read More
  • चितवन सेरोफेरो

    घरदैलोमा रेनुप्रति देखिएको उत्साह

    लगातार दुईपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर भएकी रेनु दाहाल यसपटक प्रतिनिधिसभामा उम्मेदवार छिन् । दुईपटक मेयर हुँदा गरेको कामले चर्चा बटुलेकी रेनु नेकपाबाट उठेको क्षेत्र प्रतिस्पर्धी उम्मेदवार सोविता गौतमको कारण थप चर्चामा आएको छ । सोविता २०७९ मा काठमाडौं २ मा रास्वपाबाट जितेकी थिइन् । यसपटक रेनुसँग भिड्न चितवन ३ झरेकी छिन् । जसले दुई…

    Read More
  • किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?

    काठमाडौं/नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् । दलीय राजनीतिभन्दा माथि रहने संवैधानिक पद भएकाले निष्पक्षता र पदको गरिमा कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहने परम्परा रहेको छ । संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भने प्रत्यक्ष जनमतबाट नभई निर्वाचक मण्डलमार्फत हुने व्यवस्था…

    Read More