मतदानअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ । बैठक दिँउसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्न लागेको हो ।प्रधानमन्त्री कार्कीले बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई पनि बोलाउनुभएको छ । कार्की अध्यक्ष रहेको परिषदमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, मुख्यसचिव, रक्षा सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । प्रधानमन्त्री कार्कीले मतदानअघि तयारी र सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

