चितवनमा अहिलेसम्म ५ प्रतिशत मत खस्यो

चितवन/प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवनमा ५ प्रतिशतले मतदान गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहान साढे ९ बजेसम्म चितवनमा पाँच प्रतिशत मतदान भएको हो । यहाँ बिहान ७ बजेदेखि शान्तिपुर्ण मतदान भइरहेको छ ।

जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष मतदाता र २ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यस्तै ३१ सय ८५ जना अस्थायी मतदाता रहेका छन् । त्यसमध्ये १६२ जना कारागारमा रहेका कैदिबन्दी हुन् । चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएको छ ।