Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अहमदाबाद विमान दुर्घटनाः २४१ जनाको मृत्यु

    काठमाडौं/२४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि भएको छ। एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो उडान नम्बर एआई १७१ मा रहेका २४२ जना यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको हो । मृतकहरूमा २४१ यात्रु र चालक दलका सदस्यहरू समावेश छन्। केवल एक जना जीवित यात्रुको अस्पतालमा उपचार भइरहेको छ।…

    Read More
  • सांसदसँग मोलतोलमा बजेट बाँड्दै प्रदेश सरकार

    काठमाडौँ/सर्वोच्च अदालतको आदेशविपरीत प्रदेश सरकारहरूले विधायिकी भूमिकामा रहेका सांसदहरूलाई आयोजना छनोट प्रक्रियामा सहभागी गराइरहेका छन् । प्रदेश सरकारहरूले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदका लागि छुट्टाछुट्टै बजेट सीमा तोकेर आयोजना सिफारिस गर्न लगाइरहेका छन् । आयोजना छनोट प्रक्रियादेखि नै सांसदको तजबिजी रहने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा अदालतले रोक लगाएपछि प्रदेश सरकारहरूले सांसदसँग आयोजनाको सूची मागेर…

    Read More
  • इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा

    तेल अभिभ/इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो। ‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला…

    Read More
  • नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

    काठमाडौँ/नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा हस्ताक्षर…

    Read More
  • धानको उचित मूल्य नपाउँदा किसान निराश

    त्रिवेणी,(नवलपरासी)यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गर्नुभयो तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उहाँ खिन्न हुनुहुन्छ । गतवर्ष रु। तीन हजारभन्दा अधिक मोलमा उहाँले एक क्विन्टल धान बेच्नुभएको थियो । बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु…

    Read More
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ/सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन…

    Read More
  • संसद बैठक आज पनि अवरुद्ध

    काठमाडौं/प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।

    Read More
  • आमाका नामबाट मात्र पनि नागरिकता दिइने विधेयक संसदीय समितिबाट पारित

    काठमाडौँ/आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने गरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको छ । नागरिकताका सम्बन्धमा अदालतबाट जारी भएका आदेशसहितका विषय सम्बोधन गर्न ल्याइएको विधेयकमा आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गरिने व्यवस्था राखेर पारित भएको हो । समिति बैठकले मंगलबार नेपाल नागरिकता ऐन २०६३ लाई…

    Read More
  • स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    काठमाडौं/हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

    Read More
  • १२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?

    काठमाडौँ । २०७० साल जेठ ३० गते खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन घोषणा गर्‍यो । नेपालको इतिहासमा त्यो एउटा अनौठो परिघटना थियो । संविधान सभाको दोस्रो निर्वाचन विश्वमै कहीँ भएको थिएन, तर नेपालमा दोस्रो पटक भयो । प्रमुख राजनीतिक दलहरूलाई पन्छाएर सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश रेग्मीलाई मन्त्रिपरिषदको…

    Read More