Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    काठमाडौँ/हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत…

    Read More
  • मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

    काठमाडौँ/प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गर्नुभयो । “गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास…

    Read More
  • ७२ जिल्लामा फैलियो डेङ्गी

    काठमाडौँ/मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै…

    Read More
  • पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि

    काठमाडौँ /रुबेन नेभेसले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि पोर्चुगलले आइतबार स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि जितेको छ । म्युनिकमा भएको फाइनल २–२ को बराबरी टुंगेपछि टाइब्रेकरमा गएको थियो र त्यसमा पोर्चुगल ५–३ ले विजयी रह्यो । पोर्चुगलले नेसनस लिगको उपाधि जितेको यो दोस्रो पल्ट हो । निर्धारित समयको प्रतिस्पर्धामा पोर्चुगल दुई पल्ट पछाडि परेर पनि…

    Read More
  • मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

    काठमाडौं/आज (जेठ २६, सोमबार) देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसोः कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा…

    Read More
  • रोनाल्डोले क्लब विश्वकप नखेल्ने

    काठमाडौं/पोर्चुगल तथा साउदी प्रो लिग क्लब अल नसारका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले क्लब विश्वकप खेल्ने योजना नबनाएको बताएका छन् । शनिबार रोनाल्डोले सञ्चारकर्मीहरूसँग आगामी अनुबन्ध र क्लब विश्वकपको बारेमा प्रतिकृया दिँदै क्लब विश्वकप खेल्ने योजना नबनाएको बताएका हुन् । “अन्य क्लबमा अनुबन्धित भएर क्लब विश्वकप खेल्नु असान्दर्भिक हो । अहिले राष्ट्रिय टोलीको कुराबाहेक अरु कुरामा…

    Read More
  • चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

    भद्रपुर,(झापा)/सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् । सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको छ…

    Read More
  • आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा

    काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । पेट्रालियम पदार्थको डिप र…

    Read More
  • सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि…

    Read More
  • असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हन्छः शिक्षामन्त्री पन्त

    काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गर्नुभएको छ । प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र समन्वय समूहले यहाँ आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उहाँले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो…

    Read More