Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् । आजको…

    Read More
  • विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

    काठमाडौँ/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न प्राधिकरणले सबैमा अनुरोध गरेको…

    Read More
  • सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रने ।

    चितवन/पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रनुपर्ने बताएका छन् । भरतपुरमा आइतबार आयोजित अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । मिडियालाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् । पछिल्लो समय पत्रकार दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि…

    Read More
  • सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

    काठमाडौँ/सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि,…

    Read More
  • प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि…

    Read More
  • इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

    काठमाडौं/इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ। इजरायलले २० वर्षको हाराहारीको एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ। यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा तेल डिपोटमा आक्रमण गरेको जानकारी दिएका छन्। इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिए अझ भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। दुवै पक्षबाट हमला जारी रहेको…

    Read More
  • लस एन्जलस प्रदर्शनको नालीबेली

    वासिङ्टन/अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी नीतिविरुद्ध दैनिक रूपमा विरोध प्रदर्शनहरू हुन थालेका छन् । त्यसलाई नियन्त्रण गर्नका लागि अमेरिकी सहर लस एन्जलसका मेयरले गत मंगलबार सहरको मध्ये क्षेत्रमा रातभर लागू हुने गरी कर्फ्यु घोषणा गरे । तर, त्यहाँको प्रदर्शन अमेरिकाको अन्य सहरहरूमा फैलिन थाल्यो । सङ्घीय सरकारले व्यावसायिक कार्यक्षेत्रहरूमा आप्रवासीहरू विरुद्ध छापा मार्न थालेपछि…

    Read More
  • घुसखोरीको केन्द्र यातायात कार्यलय भरतपुरमा अख्तियारको छापा !

    चितवन/ भ्रस्टाचार, घुसखोरी र अनियमितताको केन्द्रबिन्दु चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको टोलीले आकास्मिक छापा मारेको छ। आज शुक्रबार दिउँसो दुबै गेट र कर्मचारीहरुलाई कतै भाग्ने उम्कने मौका नै नदिई किरिझ्याप पारेको हो। छापा मार्ने क्रममा अख्तियारको टोलीले चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढाप घर भई भरतपुर महानगरपालिका-११ कैलाश…

    Read More
  • पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

    लिस्बन,(पोर्चुगल)/नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को उपाधि जित्न सफल भएको छ । बागलुङका सेफ सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शीर्ष १०औँ स्थानमा परी ‘अवार्ड’ जित्न सफल भएकोे जानकारी दिनुभयो । यसरी युरोपका ५० उत्कृष्टमध्ये १०औँ र पोर्चुगलमा सर्वोत्कृष्ट पिज्जा रेष्टुरेन्ट बन्न सफल हुनुभएका…

    Read More
  • नेपाल कसैको मातहतमा रहेन–रहँदैनः प्रधानमन्त्री ओली

    काभ्रेपलाञ्चोक/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३०औँ दीक्षान्त समारोह ९दोस्रो चरण०लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताउनुभयो । “दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि,…

    Read More