मौसमः वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज धेरै भारी वर्षा

काठमाडौं/देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । अधिकांश भूभागमा मनसुन फैलिसकेको अवस्थामा हल्कादेखि धेरै भारीसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।