| 
  • बन्जारा बन्जाडे समाज र भरतपुर सामुदायिक अस्पतालबीच उपचार छुट सम्झौता

    चितवन/बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमितिको सातौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा आयोजित उक्त साधारण सभाको वडाध्यक्ष टीकाराम रेग्मीले उद्घाटन गरेका थिए । सो अबसरमा संस्थाका अध्यक्ष रमेश बन्जाराले भावि कार्ययोजना तथा कार्यप्रगति प्रतिबेदन तथा कोषाध्यक्ष शुशीला बन्जराले आर्थिक तथा लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।…

    Read More
  • १ अर्ब लागतमा निर्माण ‘मनकामना रिट्रिट रिसोर्ट’ सञ्चालनका लागि तयार

    गोरखा/धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामनामा झन्डै १ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको ‘मनकामना रिट्रिट रिसोर्ट’ आगामी असोजको पहिलो सातादेखि सेवा सञ्चालनमा आउने भएको छ। रिसोर्टको निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउँदै मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। रिसोर्टको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सोल्टी वेस्टर्न रिसोर्ट मनकामनाले…

    Read More
  • मुग्लिन-पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

    दमौली,(तनहुँ)/मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न…

    Read More
  • चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

    चितवन/गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस…

    Read More
  • १ अर्ब लगानीमा गोर्खामा मनकामना रिसोर्ट खुल्दै, दशैंदेखि सञ्चालनमा ल्याईने।

    चितवन/कुरिनटार/गोरखाको प्रख्यात धार्मिकस्थल मनकामना मन्दिर नजिकै करिब १ अर्ब बढीको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ । आगामी दशैंभित्रै सेवा सञ्चालन गर्ने गरी रिसोर्ट निर्माण सम्पन्न भइसकेको र सञ्चालनको निम्ती आवश्यक प्रबन्ध तयारी भैंरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय बहादुर मल्लले जानकारी दिनुभयो । रिसोर्ट निर्माण सम्पन्न…

    Read More
  • पानी पर्दा पनि ढुक्क छन् नारायणी तटमा बसोबास गर्ने भरतपुरवासी

    चितवन/जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन । नारायणी तटबन्ध निर्माण भएपछि स्थानीयहरू र स्थानीय सरकार भरतपुर महानगर पनि ढुक्क देखिन्छ । वर्षायाम सुरु भएसँगै स्थानीय सरकार राहत र उद्धारमा जुट्नुपर्ने अवस्था…

    Read More
  • चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको बारा सरुवा!

    चितवन/भदौ ४/चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सरुवा भएको छ । प्रजिअ पौडेलको बारा जिल्लामा सरुवा भएको हो । गृह मन्त्रालय तथा मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले २० सहसचिव र २४ उपसचिवको सरुवा गर्दा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि…

    Read More
  • नेकपा एमाले चितवनको बैठक सम्पन्न : विधान अधिवेशनमा चितवनले महत्वपूर्ण सुझाव दिँदै

    चितवन/नेकपा (एमाले) जिल्ला कमिटी चितवनको नवौं पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २२–२४ गते ललितपुरको गोदावरी हलमा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा जिल्लाले दिने सुझावका सम्बन्धमा केन्द्रीत रही बैठक बसेको हो । जिल्लाले पठाएका सल्लाह र सुझावहरुका बारेमा विधान अधिवेशनमा व्यापक छलफल हुने एमालेले…

    Read More
  • भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे

    चितवन/कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ । भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक कालोपत्रे भएको छ ।…

    Read More
  • नारायणगढको क्षेत्रपुरमा रात्रिकालीन बजारको रौनक

    चितवन/भरतपुर महानगरपालिका–२, क्षेत्रपुर, नारायणगढ बजारमा सञ्चालन हुने रात्रिकालीन बजार पछिल्लो समय सांस्कृतिक, व्यापारिक र पर्यटन गतिविधिको आकर्षण बन्दै गएको छ। साँझपख उज्यालो बत्ती र सङ्गीतले झकिझकाउ हुने यस बजारमा दैनिक सयौं नागरिकको भीड हुने गरेको छ। उक्त बजारमा सांस्कृतिक प्रस्तुति, स्थानीय खानाका परिकार, हस्तकला, लुगा–कपडा, सजावटी सामग्रीदेखि विभिन्न दैनिक उपभोग्य वस्तुहरू समेत बिक्री वितरण गरिन्छ।…

    Read More