Breaking News

WAY ग्रुप नेपालद्वारा ११औँ वार्षिक स्थापना दिवस मनाइयो

WAY ग्रुप नेपालले सामाजिक तथा वातावरणीय क्षेत्रमा निरन्तर सेवा, जनचेतना अभिवृद्धि र सकारात्मक परिवर्तनका लागि क्रियाशील रहँदै आफ्नो ११ औँ वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाका केन्द्रीय अध्यक्षले शुभकामना सन्देश जारी गर्दै संस्था स्थापना भएदेखि हालसम्मको यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण अभियन्ता, कार्यसमिति सदस्य, शुभेच्छुक, सहयोगी तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सबै प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

अध्यक्षले संस्थाले आज प्राप्त गरेको परिचय, सम्मान र जनविश्वास संस्थाप्रति समर्पित सदस्यहरूको अथक मेहनत, निस्वार्थ सेवा र सामूहिक प्रतिबद्धताको परिणाम भएको उल्लेख गरेका छन् । साथै, समाज र वातावरण संरक्षणका क्षेत्रमा जिम्मेवार भूमिका निर्वाह गर्दै आएका अभियन्ता तथा सचेत नागरिकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले आगामी दिनहरूमा पनि समाज सेवा र वातावरण संरक्षणको अभियानलाई अझ प्रभावकारी, सशक्त र परिणाममुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थापना दिवसका अवसरमा WAY ग्रुप नेपाल परिवारका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले समाज र वातावरणका लागि आफ्नो यात्रा निरन्तर जारी रहने विश्वास व्यक्त गरेको छ ।

“समाज र वातावरणका लागि हाम्रो यात्रा निरन्तर रहिरहनेछ ।”