Breaking News
 | 
  • अखिल क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष लामिछाने पक्राउ ।

    चितवन, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी चितवन जिल्लाका अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले मंगलबार बिहान रत्ननगरबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लामिछानेलाई केही दिन अगाडि पुर्वी चितवनको शक्तिखोरमा स्काभेटरमा आगो लगाएर नष्ट गरेको अभियोगमा प्रहरीले खोजी सुरु गरेको थियो । मंगलबार बिहान साँढे ९ बजे…

    Read More
  • भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु

      चितवन , ४ असार । पुर्वी चितवनको भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु भएको छ । ट्रयाक खोलेको ८ बर्षपछि चितवनबाट सिधैं काठमाडौं जाने चेपाङ राजमार्गको पहाडी खण्ड निर्माण थालिएको हो । डिभिजन सडक कार्यालय मार्फत थालिएको सडक निर्माणको काम चितवनतर्फ भण्डाराको प्यारीढाप र मलेखुको धादिङबाट निर्माणकार्य सुरु भएको छ । नेपाल भारत…

    Read More
  • उद्धारका लागि उद्धार सामग्रीहरु पर्याप्त मात्रामा नभएको सरोकार वालाहरुको ठहर

    विपदको उच्च जोखिममा रहेको चितवनमा उद्धारका लागि उद्धार सामग्रीहरु पर्याप्त मात्रामा नभएको सरोकारवालाहरुले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले विपदको बेलामा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीका विषयमा प्रदान गरेको तालिमको समापनमा बोल्दै विपद् व्यवस्थापन तालिमको लागि समेत आवश्यक पूर्वाधारको कमी रहेको उनीहरुले बताएका हुन् । सोमबार नारायणगढमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय…

    Read More
  • अन्तत ः बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा जिल्ला तानिए

    चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा अन्तत स् जिल्ला तानिएका छन् । उनको बिषयमा धेरै नै गुनासो आउन थालेपछि चार नम्बर प्रदेश प्रहरीले उनलाई शुक्रबार मात्रै जिल्लामा तानेको हो । यस अगाडि भण्डाफोर अभियानले सई शर्माको अशुली आतंक अझै रोकिएन भन्ने शिर्षकमा समाचार छापेको थियो । पटक पटक उनको…

    Read More
  • नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम कार्ड लागु गरिने

    चितवन , ४ असार । नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम काड लागु गरिने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तीब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनीकरणका लागी टाईम काडको व्यवस्था गर्नुपर्ने अवस्थामा चितवन प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक…

    Read More
  • चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु ।

    चितवन , ४ असार । नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित २ नम्बर पुल नजिकै कालीखोलामा आइतबार राती ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको घट्नास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको ग । १ । ख । ८२२८ नम्बरको…

    Read More
  • चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ

    चितवन , ४ असार । मेडिकल सिटीका रूपमा बिकासित हुँदै गइरहेको चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ भएको छ । चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपानेले अत्याधुनिक सिटी स्क्यान सेवाको एक भव्य समारोहकाविच सुरु गरेका थिए । जर्मनीमा निर्मित यस मेसिन शरीरका विभिन्न रोगको निधानको लागि महत्वपूर्ण मानिन्छ ।…

    Read More
  • कयरखोलामा बाँध निर्माणको काम अझै सुरू भएनन्

    चितवन , ४ असार । अघिल्लो वर्ष रत्ननगर ३, कयरखोलामा आएको विध्वंसकारी बाढीले क्षति पुगेको सडक क्षेत्र र खोला बाँध निर्माणको काम अझै सुरू हुन सकेको छैनन् । यस वर्ष पनि वर्षाको समय सुरू नभइसकेकाले रत्ननगर ३, शान्तिचोकस्थित चौधरी टोलका स्थानीय त्रासमा रहेका छन् । कयर खोलाका कारण गाउँ, मुख्य सडकखण्ड र पुल नै जोखिममा…

    Read More
  • चुम्लिङटारमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो ।

    चितवन , ०१ असार । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा आज बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहान ७ बजेर २० मिनेटमा भएको सवारी दुर्घटनामा तीन जनाको घट्नास्थलमै र एक जनाको उपचारका लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा माईक्रोका बस चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र…

    Read More
  • एसपीलाई प्रलोभनमा पार्न खोज्ने एक प्रहरी खोरमा ।

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरीलाई प्रलोभनमा पारी गैरकानुनी क्रियाक्रलापमा संलग्न हुने एक युवालाई बिहीबार पक्राउ गरेको छ । समाजलाई बिकृती बनाई नकारात्मक दिशातर्फ केन्द्रित पार्ने र मानिसलाई घरबारबिहिन नै बनाउने स्थितीमा पुर्‍याउने जुवातासबारे सही सूचना दिई सहयोग गर्नुपर्नेमा कार्यालय प्रमुख शुशील सिंह राठौरको कार्यकक्षमै आइ रकमको मोलमोलाइ गरी गैरकानुनी गतिविधिलाई प्रोत्साहन गर्ने भरतपुर…

    Read More