जन्मदिनको अवसर पारी  मानब सेवा आश्रममा आश्रितहरुका लागि खाना प्रदान


लायन्स क्लब अफ चितवन चौतारीले आज भरतपुर ९ शरदपुरमा रहेको चितवन मानब सेवा आश्रममा आश्रितहरुका लागि खाना खुवाएको छ । क्लबका अध्यक्ष बिनोद पन्तको जन्मदिनको अवसर पारेर क्लबले खाना खुवाएको हो । आजै चितवन मेडिकल कलेजमा अध्यक्ष डा. हरिश न्यौपानेले पनि आफ्नो जन्मदिनमा मानब सेवा आश्रममा बिबिध कार्य गरी जन्मदिन मनाएका छन् ।
आज भन्दा ३ बर्ष अगाडी स्थापना भएको आश्रमले चितवन एवं आसपासका जिल्लाबाट २४७ जना महिला तथा पुरुषलाई आश्रय दिएको आश्रमकी अध्यक्ष ममता न्यौपानेले बताईन । उनका अनुसार आश्रितहरु मध्ये ८० जनालाई परिवारमै पुनस्थापना गराएको तथा २३ जनाको देहान्त भएको र अरु बाँकी आश्रममा रहेको बताईन । हाल आश्रमले ३ जना बालबालिकाहरुलाई पनि आरक्षण दिएको छ ।
कुनै दिगो आर्थिक श्रोत नभएकोले आश्रम सञ्चालनमा समस्या रहेको उनले बताईन् । अध्यक्ष न्यौपानेले मासिक रुपमा २ लाख ५० हजार खर्च हुने बताउदै उनले भनिन यो रकम सस्थाका सदस्यहरुबाट उठाईएको लेबी, शुभेच्छुक, शुभ चिन्तकहरुले गर्ने जन्मदिन, बिबाहोत्सव, पितृसम्झना लगायतका कार्यक्रम गर्दा प्रदान गरिएको रकमबाट संकलन भएको छ । उनले कार्यक्रममा उपस्थित लायन्स कर्मीहरुलाई सहयोगका लागी पनि अनुरोध गरिन् । कार्यक्रममा उपस्थित लायन्स क्लब ईन्टरनेशनल डिष्टीक ३२५ बी २ नेपाल ३ नं एरियाका संयोजक देबेन्द्र सहकुमार श्रेष्ठ, रिजोन चियर पर्सनहरु भक्ती प्रसाद चालिसे, राजु पौडेल, भक्ती भुषाल, सुदिप वस्ती लगायतले आश्रमलाई सहयोग गर्ने बताएका थिए ।