नेपाल तरुण दल चितवनद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र

चितवन , ६ साउन । नेपाल तरुण दल जिल्ला कार्यसमिती चितवनले डा । गोविन्द केसीको समर्थनमा काठमाडौमा शनिबार निकालेको जुलुसमा प्रहरीले अत्याधिक दमनको गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलका कार्यकर्ताले डा। गोविन्द केसीको माग पूरा गर्नुपर्ने, चर्को मूल्य वृद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा शनिबार निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा नेपाल तरुण तलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायत तीन दर्जनभन्दा बढी स्थानीय एवं कार्यकर्ता घाइते भएका थिए ।जिल्ला प्रसासन कार्यालय चितवन अगाडि कोणसभा गर्दै तरुण दलका कार्यकर्तामाथि हातपात गर्नु निन्दनीय कार्य रहेको भन्दै चिकित्सा शिक्षा विधेयक पुरानै अवस्थामा पारित गर्नुपर्ने, इन्टरनेटमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने, चर्को मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, संविधानको धारा ९१ को पालना गर्नुपर्ने लगायतको माग राखी केन्द्रिय कार्यक्रम अनुसार आज आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । यस अगाडि शनिबार प्रहरी दमनको बिरोधमा तरुण दलले चितवनको भरतपुरस्थित चौबीसकोठीमा एक घण्टा चक्काजाम गर्दै सरकार विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।