चोरका अनेक दाउ स् मिटर बाइपास गरी बिद्युत चोरी गर्ने २१ जना पक्राउ ।

चितवन , ३ श्रावण । नेपाल बिद्युत प्राधिकरण रत्ननगर शाखाले बिद्युत चोरी नियन्त्रण एवं चुहावटलाई नियन्त्रणमा लिन सशक्तरुपमास लागिपरेका छन् । प्राधिकरणले बिद्युत लाईन वाईपास गरी विद्युत चोरी गर्ने २१ जना ग्राहकलाई समेत कार्वाही गरेकोे जनाएको छ । केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवका अनुसार मिटर बाइपास गर्ने ७ सय ४५ जना ग्राहकमध्य २१ जना ग्राहकलाइ कार्वाही गरेको जनाएको हो । उहाँको अनुसार हामीले शंकास्पद रूपमा रहेका ७ सय ४५ जना ग्राहकको मिटर विभिन्न समयमा अनुगमन गरेका थियौँ ।त्यसक्रममा , मिटरलाईन वाईपास गरेर विद्युत चोरी गरेको पाइएपछि उनीहरुबाट कार्वाहीस्वरुप ३ लाख १७ हजार राजस्व संँकलन भएको छ । हाम्रो यो नियमित प्रक्रिया हो । हामीले विभिन्न समयमा कडाइका साथ छड्के अनुगमन गरेका छौँ । यता , बाँकी रहेको बक्यौता तिर्न पटकपटक अनुरोध गर्दा समेत नतिर्ने ग्राहकप्रति समेत प्राधिकरण आक्रमक रूपमा लागिपरेको छ । प्राधिकरणले लामो समयसम्म महशुल नतिर्ने ८ सय ८५ जना ग्राहकको लाइन काटिएकोमा पछि कार्यालयमा आइ महशुल बक्यौता बुझाएबापत झन्डै २ करोड ५९ लाख ५ हजार रुपैयाँ जरिवाना उठाइएको कार्यालय प्रमुख श्रीवास्तव बताउनुहुन्छ । उहाँका अनुसार लाइन काटेका ६ सय ३८ मध्यले कार्यालयमा आइ महशुल तिरेको मध्येबाट २ करोड १ लाख ७२ हजार रुपैयाँ राजश्व उठेको हो । केन्द्रअन्तगर्त रहेका ५४ हजार ग्राहकबाट मासिक ५ करोड रुपैयाँ महसुल संँकलन गरिएको बताउनुहुँदै उहाँले बिद्युत चुहावट नियन्त्रणतर्फ सबैले उल्लेखनीय भुमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो । चोरी नियन्त्रण अभियानमा प्राधिकरणलाई सहयोग गर्नुपर्ने बताउनु हुँदै उहाँले केहि सिमित ब्यक्तिका कारण सिंगो नगरपालिका प्रति नै औंल्ला ठहरिएको र यस्मा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आएको समेत बताउनुभयो ।