| 
  • पत्रपत्रिका/अन्य

    पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

    काठमाडौं/अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम…

    Read More
  • मुख्य पृष्ठ

    देशभर ४३ ठाउँमा सुपथ मूल्य पसल, भोलिदेखि सञ्चालन हुने

    काठमाण्डौ/देशभर ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले यसपालि चामल, दाल, चिउरा,…

    Read More
  • अपराध/दुर्घटना

    पाहा खोज्न गएका दुई युवकको लडेर ज्यान गयो

    मकवानपुर/जङ्गलमा पाहा खोज्न गएका दुई युवकको लडेर ज्यान गएको छ । जिल्लाको भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको मंगलबार राति लडेर ज्यान गएको हो । धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

    Read More
  • मुख्य पृष्ठ

    देशभर पछिल्लो २४ घन्टामा १ हजार ७६० जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा २४ घन्टामा १ हजार ७६० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर कुल १६ हजार ८४४ जनामा परीक्षण गरिएकोमा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर २६ हजार ३०७ जना संक्रिय संक्रमित छन् । यस्तै यहि अवधीमा देशभरबाट १ हजार २२० जना…

    Read More
  • अपराध/दुर्घटना

    जुवाको खालबाट चितवनका ८ जना एक लाख ४४ हजार नगद सहित पक्राउ

    चितवन/जुवाको खालबाट चितवनका ८ जनालाई एक लाख ४४ हजार नगद सहित इलाका प्रहरी कार्यालय खैरहनीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जानकारी गराएको छ । पक्राउ पर्नेमा घर धनी ४१ वर्षीय कृष्ण श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप

    चितवन/जिल्लामा जारी निषेधाज्ञा असोज १५ गतेसम्म लागू हुने गरि थपिएको छ। केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै जानकारी गराएको हो । प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन…

    Read More
  • चितवन सेरोफेरो

    पहिरोका कारण अवरुद्ध मुग्लिन–नौविसे सडक सुचारु

    चितवन/इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा सडक माथिबाट पहिरो झरेपछि अवरुद्ध मुग्लिन– नौविसे सडक दुइर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका छन् ।

    Read More
  • मुख्य पृष्ठ

    जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु

    काठमाण्डौ/जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि सुरु हुँदैछ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको…

    Read More
  • मुख्य पृष्ठ

    नेपालको इतिहासमै पहिलो पटक बजेट होलिडे

    काठमाण्डौ/मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण बुधबारदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै…

    Read More
  • पत्रपत्रिका/अन्य

    नेपाली कांग्रेस १४ औं महाधिवेशनः देशभरमा एक लाख बढी क्षेत्रीय प्रतिनिधि

    काठमाण्डौ/देशभरका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट…

    Read More