देशभर पछिल्लो २४ घन्टामा १ हजार ७६० जनामा कोरोना पुष्टि

काठमाण्डौ/नेपालमा २४ घन्टामा १ हजार ७६० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर कुल १६ हजार ८४४ जनामा परीक्षण गरिएकोमा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले देशभर २६ हजार ३०७ जना संक्रिय संक्रमित छन् ।

यस्तै यहि अवधीमा देशभरबाट १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।