पाहा खोज्न गएका दुई युवकको लडेर ज्यान गयो

मकवानपुर/जङ्गलमा पाहा खोज्न गएका दुई युवकको लडेर ज्यान गएको छ । जिल्लाको भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको मंगलबार राति लडेर ज्यान गएको हो ।

धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।