पहिरोका कारण अवरुद्ध मुग्लिन–नौविसे सडक सुचारु

चितवन/इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा सडक माथिबाट पहिरो झरेपछि अवरुद्ध मुग्लिन– नौविसे सडक दुइर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका छन् ।