Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    भूमि आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतीवेदनमा क–कसलाई कार्वाही सिफारिस गरिएको छ ?

    केशवप्रसाद पाण्डे/काठमाडौं /जग्गा हिनामिनाबारे छानबिनका लागि गठित उच्चस्तरीय भूमि आयोगले शनिबार प्रधानमन्त्री समक्ष ११ वटा प्रतिवेदन पेस गरेको छ । सरकारले ६ महिनाअघि गठन गरेको ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’का पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा नै गएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ६ महिने उपलब्धिको प्रतिवेदन पेस गरेका हुन् । आयोगले यस अवधिमा छानबिनबाट…

    Read More
  • अपराध/दुर्घटना

    बम विस्फोटमा प्रहरी निरीक्षक र बाबुछोरासहित तीनजनाको मृत्यु

    सुजीतकुमार झा /जनकपुरधाम/धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा एक जना प्रहरी निरीक्षक र बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा केही घाइते भएका छन् । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साह रहेका…

    Read More
  • अपराध/दुर्घटना

    धनुषामा भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका

    धुनुषा । धनुषामा आज बिहान भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका बढेको छ । सो विस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान गएकोमा प्रहरीले शनिबार बिहान ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय…

    Read More
  • चितवन सेरोफेरो

    पोखरेल प्रतिष्ठानको पद हस्तान्तरण

    भरतपुर, २८ मङ्सिर /भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोश्रो केन्द्रीय साधारण एवम् अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई शनिबार भरतपुरमा पद हस्तान्तरण गरिएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानको गएको असोज २६ र २७ गते चितवनमा अधिवेशन सम्पन्न भएको थियो । पद हस्तान्तरण समारोहमा आधिकारिक कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष…

    Read More
  • चितवन सेरोफेरो

    आत्मनिर्भर पोल्ट्री क्षेत्र मारमा, ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

    चितवन /देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार बराललाई पितृशोक

    चितवन/चितवनका युवा पत्रकार प्रविन बरालाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का कार्यसमिति सदस्य, कायाकैरन दैनिकका प्रबन्ध निर्देशक समेत रहेका बरालको बुबा चेतनाथ बरालको ६४ बर्षको उमेरमा आज विहान निधन भएको छ । मृतक बरालले ३ दशक बढी समय लमजुगंमा नै शिक्षकका रुपमा अध्यापन गराएका थिए । बरालका छोरा प्रविन…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेजको कथन : विद्यार्थीको असहयोगले शुल्क समायोजन हुन सकेन

    चितवन/मंसिर २८/चितवन मेडिकल कलेजले चिकित्सा शिक्षाको शुल्क समायोजन विवादलाई टुंग्याउन कलेजले प्रयास गरे पनि विद्यार्थीको असहयोगको कारणले समस्या बढेको र शुल्क समायोजन गर्न नसकेको कथन छ । कलेजले आज शनिबार प्रकाशित गरेको विज्ञप्तिमा जनाईए अनुसार शिक्षा मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन गर्न कलेज प्रतिबद्ध रहे पनि विद्यार्थीको असहयोगका कारणले शुल्क समायोजनको मुद्दालाई विश्वासको वातावरणमा…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ सेना घाइते

    कावासोती,मंसिर २८ र नवलपुरको सदरमुकाम कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेना सवार ना ६ ख ४०४ नम्बरको बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा…

    Read More
  • अपराध/दुर्घटना

    धनुषामा शक्तिशाली बम विस्फोट हुँदा ३ को मृत्यु, ५ जना गम्भीर

    धनुषाको महेन्द्रनगरमा गएराती शक्तिशाली बम बिस्फोट हुँदा नेपाल प्रहरीका एकजना प्रहरी निरिक्षक सहित ३ जनाको मृत्यु गएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा…

    Read More
  • हंस सहकारीको दशौं वार्षिकोत्सव सम्पन्न : गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १० लाख सहयोग

    हंस बहुउद्देश्यीय सहकारी संस्था लि। ले २०७६ मंसिर २७ गते आफ्नो दशौं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशन मार्फत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ रु १० लाख सहयोग सहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमा प्रदेश सभा सदस्य प्रदेश…

    Read More