धनुषामा भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका

धुनुषा । धनुषामा आज बिहान भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका बढेको छ । सो विस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान गएकोमा प्रहरीले शनिबार बिहान ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेको जानकारी दिए ।

उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् । घटनापछि धनुषामा त्रास फैलिएको छ ।