पत्रकार बराललाई पितृशोक

चितवन/चितवनका युवा पत्रकार प्रविन बरालाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का कार्यसमिति सदस्य, कायाकैरन दैनिकका प्रबन्ध निर्देशक समेत रहेका बरालको बुबा चेतनाथ बरालको ६४ बर्षको उमेरमा आज विहान निधन भएको छ ।

मृतक बरालले ३ दशक बढी समय लमजुगंमा नै शिक्षकका रुपमा अध्यापन गराएका थिए । बरालका छोरा प्रविन विगत लामो समयदेखि पत्रकारीतामा सक्रिय छन् । उनी पत्रकार सम्बद्ध विभिन्न संघसंगठनमा नेतृत्व तहमा रहेर काम समेत गरिसकेका छन् ।
विगत लामो समयदेखि स्वास प्रस्वास सम्बन्धी रोगले थलिएका बरालको उपचारको क्रममा निधन भएको हो । २०१२ साल चैत २४ गते लम्जुगं जिल्लामा जन्मीएका बरालको १ छोरा र दुई छोरी रहेका छन् । बरालको आज नै देवघाट नेपाली परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।