Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    रेमिट्यान्स छ प्रतिशतले घट्यो

    आर्थिक वर्ष २०७६/७७ को दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दस महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७,४ प्रतिशतले घटेको छ । अघिल्लो…

    Read More
  • मुख्य समाचार

    राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार

    काठमाडौं/दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो । कोभिड–१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिती आएको हो । राजस्व संकलन प्रभावित भएपछि कर्मचारीका…

    Read More
  • मुख्य समाचार

    २५ अर्बको बिजुली खेर जाँदै, टाट पल्टँदै प्राधिकरण

    काठमाडौं /सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत नभई खेर जाने भएको छ। सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो (इन्डक्सन) मा बिजुली खपत गराउन सरकारले नीतिमार्पmत सम्बोधन नगरेको, कोभिड-१९ ले माग घटाएको र भारतसित विद्युत् निर्यातसम्बन्धी सम्झौता नभएकाले विद्युत् प्राधिकरणले घटीमा हजार मेगावाट बिजुली…

    Read More
  • मुख्य समाचार

    कोरोना खर्चमा डेढ अर्ब तलमाथि

    काठमाडौं/कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ। यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय…

    Read More
  • अपराध/दुर्घटना

    ओली सरकारको करामत :उद्धारमा खर्च गर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण र मोजमस्तीमा

    कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण जस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा महामारीजन्य समस्यामा परेकालाई उद्धार गर्न राज्य कोषको रकम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। तर ऐनको व्यवस्थालाई अनदेखा गरेका सरकारी अधिकारीहरूले श्रमिकको रकम विदेश भ्रमण, अध्ययन…

    Read More
  • मुख्य समाचार

    विदेशी विनिमय सञ्चिति: डलरमा घट्यो, रुपैयाँमा बढ्यो

    काठमाडौँ /लकडाउनका कारण गत चैतमा रेमिट्यान्स आप्रवाह घटेपछि त्यसको प्रत्यक्ष प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको छ । यही कारण गत फागुनको तुलनामा चैत मसान्तमा अमेरिकी डलरमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति घटेको छ । उक्त अवधिमा अमेरिकी डलरको भाउ ९विनिमय दर० बढेकाले नेपाली मुद्रा ९रुपैयाँ० मा कुल विदेशी मुद्राको सञ्चिति बढेको देखिन्छ । डलरमा घट्नु…

    Read More
  • मुख्य समाचार

    निरन्तरको लकडाउनले गर्दा खाद्यान्न र फलफूलको मूल्य उपभोक्ताको पहुँचबाहिर

    काठमाडौं/लकडाउनले दाल, चामल, मैदा, तेललगायत खाद्य सामाग्रीको मूल्य आकासिएको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । कतिपय बिक्रेताले लकडाउनलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो । लकडाउन जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका…

    Read More
  • चितवन सेरोफेरो

    कर भराउने सरकारी समयसीमा न्यायोचित नरहेको उद्योगीहरुको ठहर!

    डिलकुमारि नेपाल/रिता नेपाल/जेष्ठ २१/चितवन/लकडाउनको समयमा सरकारले कर तिर्न आदेश दिएकै करणमा देखाउंदै चितवन उद्योग संघले आपत्ति जनाएको छ ।उद्योगी व्यवसायीहरुले सरकार आफैंले लकडाउन बढाउने र लकडाउन कैद बेला कर तिर्न आइज नत्र ब्याज, हर्जना तिराउँछु भन्नु न्यायोचित नभएको व्यवसायीहरुको गुनासो रहिआएको हो । सरकारी कदम ठीक नभएको भनदै चितवन उद्योग संघका व्यवसायीले सरकारले लकडाउनका बेला…

    Read More
  • मुख्य समाचार

    जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारको निर्णय खारेज गर्न माग।

      सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्र कर तथा विवरण पेश गरिसक्नु पर्ने सरकारको निर्णय खारेज गर्न मकवानपुर चेम्वर्स अफ कमर्सले अनुरोध गरेको छ । आज एक प्रेश बिज्ञप्ती जारी गर्दै मुलुकमा लकडाउनका कारण समग्र आर्थीक व्यबसायीक कारोबार ठप्प रहेको अवस्थामा व्यवसायीहरुले तत्काल कुनै पनि प्रकारको करहरु तिर्न असमर्थन रहेको जनाएको छ…

    Read More
  • मुख्य समाचार

    विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

    काठमाडौं/विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश…

    Read More