विदेशी विनिमय सञ्चिति: डलरमा घट्यो, रुपैयाँमा बढ्यो

काठमाडौँ /लकडाउनका कारण गत चैतमा रेमिट्यान्स आप्रवाह घटेपछि त्यसको प्रत्यक्ष प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको छ । यही कारण गत फागुनको तुलनामा चैत मसान्तमा अमेरिकी डलरमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति घटेको छ । उक्त अवधिमा अमेरिकी डलरको भाउ ९विनिमय दर० बढेकाले नेपाली मुद्रा ९रुपैयाँ० मा कुल विदेशी मुद्राको सञ्चिति बढेको देखिन्छ ।

डलरमा घट्नु भनेको उक्त अवधिमा नेपाल भित्रिने विदेशी मुद्रा कम भयो भन्ने हो । वास्तविक विदेशी मुद्राको सञ्चिति वृद्धि हुन डलरमै बढ्नुपर्छ । डलरमा कम मुद्रा भित्रिए पनि विनिमय दर उच्च रहेकाले रुपैयाँमा बढेको देखिएको हो ।

गत फागुनमा अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६० करोड रुपैयाँ थियो । चैत मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ४९ करोडमा झरेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । सो अवधिमा नेपाली मुद्रामा भने विदेशी विनिमय सञ्चिति बढेको देखिन्छ । फागुनसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ३६ अर्ब रुपैयाँ थियो ।