Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बैंकिङ्ग कसुरमा फरार अभियुक्त चितवन प्रहरीको नियन्त्रणमा ।

      चितवन , माघ १४ । पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला पछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी…

    Read More
  • गुणस्तरीयहिन हिमालचुली पाउरोटी उद्योगमा प्रशासनको शिल

    चितवन , माघ १४ . पूर्वी चितवनको खैरहनी–९ मा रहेको ओम श्री हिमालचुली पाउरोटी एण्ड स्पेसल बेकरी उद्योगको उत्पादन गुणस्तरहिन रहेको भेटिएको छ । साथै सो उद्योगले बालश्रम शोषण गर्ने गरेको समेत भेटिएको छ । उद्योगले सानासाना बालकलाई काममा लगाउने गरेको भेटिएको र निकै फोहोरो स्थानमा पाउरोटी उत्पादन गर्ने गरेको देखिएकोले उद्योगमा शिल गरिएको जिल्ला…

    Read More
  • चितवन मेडिकल कलेजको खुलेआम लुट

         चितवन । चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान आइओएमले तोकेको शुल्क भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको भेटिएको छ । सरकारी नियम र आधार बिना नै कलेजले मनोमानीरुपमा यो रकम लिने गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्यनका लागि नयाँ भर्नामा सरकारले तोकेको…

    Read More
  • विकासको मुद्धामा एक भएर अघि बढौंः अध्यक्ष प्रधान

    चितवन, उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले चितवनको विकासको मुद्धामा चितवन उद्योग संघ र उद्योग वाणिज्य संघ एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चितवन उद्योग संघले आज भरतपुरमा गरेको उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारी तथा सदस्हरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले समग्र जिल्ला र देशको विकासका योजनालाई अघि…

    Read More
  • त्रिशुलीमा स्काभेटरद्वारा अबैध उत्खनन

    भण्डाफोरबाट चितवन÷चितवनको एकमात्र इच्छाकामना गाउँपालिकामा अबैध रुपमा ढुड्डा, गिटी, बालुवाको तस्करी ब्यापक मात्रामा भईरहेको पाईएको छ । गाउँपालिका भएर बग्ने त्रिशुली नदि र त्यसका शाखा नदिबाट स्काभेटर प्रयोग गरी मिलेमतोमा अबैध उत्खनन भईरहेको खुल्नमा आएको छ । गाउँपालिकाले गत पौष १६ गते एक सुचना प्रकाशित गरी केही राजस्व लिई उत्खनन गर्न दिएको भए पनि त्यो…

    Read More
  • निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचनको हत्या गर्ने मुख्य सुटर पक्राउ

    चितवन,९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर चितवनबाट पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको सँयुक्त टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई आज(मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो । गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमागौचनलाई गोली हानी हत्या भएको थियो । घटनाका प्रमुख…

    Read More
  • अख्तियारमा गोपाल खड्काको वयान सुरु

    ९ माघ, काठमाडौं । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार)देखि उनको वयान लिन लागेको हो । आयोग स्रोतका अनुसार निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । हालसम्म करीव तीन सय जनाको…

    Read More
  • प्राविधिक शिक्षालाई प्रथमिकता दिएर शिक्षा ऐन बनाउन स्थानिय तहलाई सरोकारवालाको सुझाव

    चितवन,माघ ८ स्थानिय तहले विद्यालय शिक्षा व्यवस्थापन गर्दा प्राविधिक शिक्षामा जोड दिनुपर्ने सरोकारवालाले वताएका छन् । अनेरास्ववियु चितवनले आज (सोमवार) भरतपुरमा आयोजना गरेको “स्थानिय तह र विद्यालय शिक्षा व्यवस्थापन” विषयक अन्तरकृया कार्यक्रममा वोल्ने सरोकारवालाले सो विषयमा जोड दिएका हुन् । उनिहरुले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अन्य खालको शिक्षाको व्यवस्था गरिनुपर्ने वताए । भरतपुर…

    Read More
  • सरकारी अनुगमन मौषमी र बदनियतपूर्ण

    नेपालका प्राय सरकारी निकायहरुद्धारा गरिने अनुगमन मौषमी र बदनियतपूर्ण हुने गरेको ब्यवसायीहरुले बताएका छन् । आईतबार साँझ नारायणगढमा आयोजित एक कार्यक्रममा सहभागि नारायणगढका ब्यवसायी तथा कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् । ५१ औ अधिवेशनबाट निर्वाचित उ.वा.संघ चितवनका पदाधिकारीलाई स्वागत तथा सम्मानमा फेन्सी ब्यवसायी संघ तथा फेन्सी साकोसद्धारा आयोजित कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले कर तथा प्रशासनको…

    Read More
  • चितवनका ५ जना पत्रकार सम्मानित

    चितवन,माघ ८ चितवनका पाँचजना पत्रकार सम्मानित भएका छन् । पुर्वि ्चितवनको पर्सामा आयोजित खिचरा महोत्सव अवधिभर समाचार लेखन मार्फत प्रचार–प्रसारमा सहयोग गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । खिचरा महोत्सव समापनको अवसर पारेर आज उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने पत्रकारहरुमा नारायणी अनलाईनका प्रधानसम्पादक राजु चौधरी,सौंराहा अनलाईनका सम्पादक राजेन्द्र आचार्य, नेपाल ािनका पत्रकार सन्तकुमार…

    Read More